१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालयलाई आर्थिक सहयोग

पुर्चौडी नगरपालिका–७ को गलिनाथ मावि, बडगाउँलाई निर्माण व्यवसायी अम्मरबहादुर बिष्टले ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। 

जगदम्बा विल्डर्स प्रालिका प्रबन्ध निर्देशक बिष्टले विद्यालयमा फर्निचरका लागि सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद बडुले बताए।  विद्यालयलाई नमूना बनाउने अभियानपछि बिष्टले सो सहयोगको घोषणा गरेको अध्यक्ष बडुले बताए। विद्यालयका लागि फर्निचर निर्माण गर्ने र सो रकम बिष्टले भुक्तानी गर्ने सहमति भएको उनले बताए।

सोही वडाका स्थानीय निर्माण व्यवसायी बिष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शैक्षिक सुधारमा सहयोग गरेको जानकारी दिए। विद्यालयको शैक्षिक गुणस्तर सुधार भएपछि विद्यार्थीहरुको भविश्य सहज होस भन्दै सहयोग गरेको उनले बताए।  

विद्यालयलाई नमूना मावि बनाउने अभियानमा आफूहरुले लागेको बताउँदै अध्यक्ष बडुले यसअघि पनि विभिन्न ठाउँबाट डेढ लाख सहयोग संकलन भएको बताए। ५ सय विद्यार्थी अध्ययनरत रहेको उक्त  विद्यालयलाई नगरपालिकाकै नमूना मावि बनाउने अभियानमा आफूहरु लागेको पुर्चौडी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष धिरेन्द्रबहादुर बमले बताए।  

प्रकाशित: २२ श्रावण २०७९ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App