८ वैशाख २०८१ शनिबार
शिक्षा

एसइई परीक्षाको नतिजामा बोर्डको चरम लापरवाही

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिकमा लापरवाही देखिएको छ। बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा लापरवाही देखिएको हो। सार्वजनिक भएको प्रदेशगत नतिजाको प्रतिशतमा त्रुटि देखिएको छ।  

मधेस प्रदेशको नतिजामा ३.६ देखि ४ जीपीए ल्याउने १ हजार ५३१ संख्यामा उत्तीर्ण १५ प्रतिशत लेखेको बोर्डले बागमती प्रदेशमा सोही जीपीए ल्याउने ४ हजार ६०२ संख्यामा उत्तीर्ण प्रतिशत ०.४७८ लेखेको छ। जबकी मधेसको भन्दा बागमतीमा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या ३ हजार ३१ ले बढी छ।

त्यस्तै गण्डकी प्रदेशमा ३.६ देखि ४ जीपीए ल्याउने ७८४ भएपनि उत्तीर्ण प्रतिशत ०.०८१ लेखिएको छ। क्रमश सोही जीपीएमा लुम्बिनीमा प्रदेशको १ हजार २२० मा ०.१२७ लेखिएको छ। कर्णाली प्रदेशको ११४ मा ०.०१२ लेखिएको छ र सुदुर पश्चिम प्रदेशको १९५ मा ०.०२० लेखिएको छ।

पहिलेको नतिजा।
सच्याइएको नतिजा।

प्रकाशित: ११ श्रावण २०७९ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App