४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

प्रश्नपत्र दोहोरिएपछि बिबिएको परीक्षा एकै दिन दुईपटक रद्ध

बिबिए छैठौं सेमेस्टरको परीक्षाको प्रश्नपत्र दोहोरिएपछि एकै दिन दुईपटक परीक्षा रद्ध भएको छ। शनिबारको नेपाली समाज र राजनीति विषयको प्रश्नपत्र दोहोरिएपछि एकै दिन दुईपटक परीक्षा रद्ध भएको हो।  

शनिबार १२ बजेदेखि सुरू भएको परीक्षामा पाँचौं सेमेस्टरको समाजशास्त्रको प्रश्न आएपछि विद्यार्थीहरूले विरोध गरेका थिए। विद्यार्थीको विरोधपछि परीक्षा रद्ध भएको थियो। दोस्रोपटक दिउँसो १ बजेलाई परीक्षा तोकियो दोस्रोपटकको परीक्षामा पनि शंकरदेव क्याम्पसको प्रिबोर्डको प्रश्नपत्रसँग हुबहु प्रश्नपत्र मिलेपछि दोस्रोपटक पुनः परीक्षा रद्ध गरिएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा बोर्डको लापरबाहीले एकै दिनमा दुईपटक परीक्षा रद्ध भएको विद्यार्थीहरूले गुनासो गरेका छन्। त्रिभुवन विश्वविद्यालयको विविए पढाइ हुने काठमाडौँका सबै कलेजहरू,  विराटनगरको महेन्द्र मोरङ क्याम्पसलगायत देशैभरका क्याम्पसको परीक्षा रद्ध भएको विद्यार्थीहरूले बताएका छन्।

यसअघि पनि असार २२ गतेको बिबिए छैठौं सेमेस्टरकै संगठन र व्यवहार विषयको प्रश्नपत्र मोडल नेशनल कलेज काठमाडौँको आन्तरिक परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेपछि रद्ध  भएको थियो। असार २२ गते दिएको परीक्षा रद्ध भएको सूचना शुक्रबार मात्रै आफूहरूले पाएको विद्यार्थीहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालय परीक्षा बोर्डले बारम्बार लापरबाही गर्दा आफूहरूले दुःख पाएको विद्यार्थीहरूको गुनासो छ।

प्रकाशित: २५ असार २०७९ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App