१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

नेविसंघले सुरु गर्‍यो 'सेभ त्रिचन्द्र' अभियान

तस्बिर साैजन्य: प्रकाश खड्का

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जिर्ण बन्दै गरेको त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणमा दबाव दिने उद्देश्यले ‘सेभ त्रिचन्द्र’ अभियान सुरु गरेका छन्। मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगेर उक्त अभियान थालेका हुन्।

यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजंग शेर्पाले बताए। एक सय चार वर्ष पुराना र विसं २०७२ सालको महाभूकम्पका कराण जीर्ण बनेको भवन हाल पढ्ने पढाउने वातावरणै नभएकोले विद्यार्थीहरु चिन्तीत बन्दै आन्दोलनरत भएको उनले बताए।

विसं २०७२ सालको  महाभूकम्पपछि सरकारलेनै घण्टाघरको छेउको कलेज भवनमा रातो स्टीकरै टाँस्यो। त्यसपछि पािर पट्टिको भवनमा कोचाकोच गरि करिब १० हजार विद्यार्थी जसोतसो अध्ययन गरीरहेका थिए। तर, हाल पारिपटिको भवनमा समेत थेग्न सक्ने अवस्था नरहेको कलेज प्रशासनले बताउँदै आएको छ। जीर्ण भवनमा मेट्रोलोजी, स्टेटिक्स, साइकोलोजिीको स्नातक र स्नातकोत्तर गरी दुइ विभाग छन्, भने जियोलोजी, फिलोसफी, अंग्रेजी, नेपाली गरी ९ विभाग छन्। भवन पुनर्निर्माण नभएसम्म यस्तै खालका रचनात्मक कार्यक्रम गरेर दबाव दिइरहने नेविसंघले जनाएको छ।  

प्रकाशित: ७ असार २०७९ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App