१२ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

दशरथचन्द नगरपालिका–४ बवेतको लटैनाथ आधारभूत विद्यालयका २० जना विपन्न बालबालिकालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले शैक्षिक सामग्री सवतरण गरेको हो। विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको डिप्रोक्स लघुवित्त वित्तीय संस्था बैतडीका शाखा प्रवन्धक केशवराज जोशीले बताए।

शैक्षिक सामग्री हस्तान्तरण संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख अर्जुन पोखरेलले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने बताए।

शैक्षिक सामग्री पाएपछि आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अध्ययन गर्न सजिलो भएको दशरथचन्द नगरपालिका–४ का वडाध्यक्ष भानदेव भट्टले जानकारी दिए। सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए।

कापी कलम र शैक्षिक सामग्रीको अभावमा विपन्न विद्यालय आउन नसक्ने बालबालिकाहरुलाई सहज भएको विद्यालयका प्रअ जनक लेखकले बताए। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उनले बताए।

प्रकाशित: २९ जेष्ठ २०७९ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App