१० चैत्र २०८२ मंगलबार
image/svg+xml
शिक्षा

संस्थागत विद्यालय शिक्षक युनियनमा नयाँ नेतृत्व

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को छैटौँ महाधिवेशनले होमकुमार थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ।

निजी विद्यालयका शिक्षकहरुको सो संस्थाको यही जेठ १४ र १५ गते सम्पन्न महाधिवेशनले सहअध्यक्षमा मोतिराम फुयाँल, वरिष्ठ उपाध्यक्षमा केशवकुमार पाठक र देवीदत्त पौडेल, उपाध्यक्षहरुमा नारायण पौडेल, अञ्जु गौतम, रोहिणीप्रसाद पराजुली, धर्मराज भट्ट, उमेश सापकोटा, सरिता निरौला, दीपक गौतम र सुधीरकुमार झा निर्वाचित गरेको छ।  

यस्तै महासचिवमा भोलानाथ चालिसे, उपमहासचिवमा मनोज खनाल, अर्थ उपमहासचिवमा इन्दिरा धमला र सचिवमा राम थुलुङ, यादव अधिकारी र जनकराज घिमिरे निर्वाचित भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

इस्टुले नेपाल सरकारले दिएको हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा अनिवार्यरूपमा मान्नुपर्ने निर्णय गरेको गर्दै संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुलाई सरकारले तोकेको तलब, सबै खाले बिदा र सबै सुविधा अनिवार्य प्रदान गर्न स्थानीय तहहरुलाई आग्रह गरेको छ।

प्रकाशित: १६ जेष्ठ २०७९ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App