७ चैत्र २०८२ शनिबार
image/svg+xml
शिक्षा

त्रिविमा २३ दिन बिदा

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ। विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले आज एक विज्ञप्ती प्रकाशित गरी यही वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने जानकारी दिएको हो।  

विज्ञप्तीमा चालू शैक्षिक सत्रको वर्षे बिदाका सम्बन्धमा सत्रान्त बिदा दिइने क्याम्पसको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पसको हकमा सम्बन्धित संस्थानबाट निर्णय गरे बमोजिम गर्ने तथा अन्य क्याम्पस, विभाग र स्कुलको हकमा विद्यार्थीको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी २०७९ वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म २३ दिन चालू शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय भएको उल्लेख छ।

प्रकाशित: १५ वैशाख २०७९ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App