१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

४१ वर्ष शिक्षण गरेका न्यौपानेको भब्य विदाई

४१ वर्षदेखि शिक्षण पेशामा क्रियाशिल शिक्षक हरिप्रसाद न्यौपानेलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ। आफ्नो शैक्षिक यात्रा पुरा गरेका शिक्षक न्यौपाने अनिवार्य अवकास भएपछि विद्यालयले कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो।  

२०१८ साल माघ १ गते साविकको सिप्खाना गाविसमा जन्मिएका न्यौपाने अस्थाई शिक्षकका रुपमा २०४१ सालदृखि शिक्षण पेशामा जोडिएका थिए। २०४४ साल पुससम्म कालिकोटको दोस्रो मावि बडीडमालीका माध्यमिक विद्यालयवाट शिक्षक पेशा सुरु गरेका न्यौपानेले २०४४ साल फागुनदेखि पञ्चदेवल मावि मेहलमुडीमा शिक्षण गरे।  

२०४६ सालमा आफ्नै गाउँमा रहेको मोतिराम निमाबि सिप्खानामा सरुवा भयो। लामो समय मोतीराम निमाविमा अध्यापन गराएका शिक्षक न्यौपाने निमावि दृतीय भएसंगै २०५८ सालमा पुनः वडिमालीका माध्यमिक विद्यालयमा सुरुवा भए। जहाँवाट शिक्षण सेवामा प्रवेश सुरु गरे सोही विद्यालयबाट शिक्षक न्यौपाने अनिवार्य अवकास हुँदा विद्यालयले बृहत कार्यक्रमको आयोजना गरी बिदाईसमेत गरेको छ। शिक्षक न्यौपानेले आफूले सेवा सुरु गरेको विद्यालयबाटै बिदाई हुन पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए।  

‘लामो समय यस विद्यालयमा सेवा गर्ने मौका पाए, कतिलाई पढाउँदा अलि चर्को वोलियो होला कतिलाई कोमल बोलियो होला सबै कुरालाई सिकाईको रुपमा लिनुहोला,’ उनले भने, ‘विद्यालयमा कार्यरत शिक्षकलाईसमेत आफ्ना नराम्रा कुरा विर्सन आग्रह गुर्छ।’ सुस्त बोल्ने शिक्षक न्यौपानेले अस्थाई र स्थाई गरी ३७ वर्ष अध्यानपन गराएका थिए।

प्रकाशित: ४ वैशाख २०७९ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App