७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
शिक्षा

हरेक प्रदेशमा मेडिकल कलेज स्थापना गरिन्छः मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले हरेक प्रदेशमा एकरएक वटा मेडिकल कलेज सरकारले स्थापना गर्ने बताएका छन्।

भरतपुर महानगरका शिक्षक अगुवाहरूसँग आज यहाँ भएको छलफलमा मन्त्री पौडेलले नेपालबाट मेडिकल शिक्षाका लागि भन्दै रु ९८ अर्ब रकम बाहिर गइरहेकाले देशैमा मेडिकल शिक्षा सहज रूपमा पढ्न सक्ने वातावरणका लागि हरेक प्रदेशमा एकरएक वटा सरकारी मेडिकल कलेज स्थापनाका लागि काम गरिरहेको बताए।

रिसर्च सेन्टर पनि सातै प्रदेशमा स्थापना गर्ने तयारी भएको उनको भनाइ थियो। सातै प्रदेशमा आवासीय ठूला महाविद्यालय बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको बताउँदै उनले देश भरिका पालिकाको आवश्यकताका आधारमा एक पालिका, एक प्राविधिक शिक्षालय स्थापना गर्ने र भूगोल अनुसारको पाठ्यक्रम तयार पारेर पढाउने पनि उनले बताए।

राज्यले चाहेको जनशक्ति निर्माण गर्ने गरी प्राविधिक जनशक्तिलाई व्यवस्थापन गर्ने उनको तर्क छ । आफू मन्त्री बनेपछि ऐन कानुन बनाउने विषयमा निकै सक्रिय भएर लागेको र शैक्षिक विकासमा धेरै काम गरिसकेको उनले दाबी गरे। चितवनमा बन्न लागेको शिक्षक अस्पतालमा निजी विद्यालयका शिक्षकले पनि उपचार गर्न पाउने उनको भनाइ थियो।

निजी स्कुलका शिक्षक भए पनि उनीहरूले पनि देशकै शैक्षिक विकासका लागि काम गरेकाले उनीहरूले पनि त्यहाँ उपचार गर्न पाउने गरी काम अघि बढाइएको उनले बताए। रासस

प्रकाशित: २७ चैत्र २०७८ १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App