२ पुस २०८१ मंगलबार
image/svg+xml
शिक्षा

शिक्षामन्त्रीद्वारा विद्यालय समयभित्र राजनीति नगर्न आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन आफू कटिबद्ध रहेको बताउँदै विद्यालय समयभित्र राजनीति नगर्न आग्रह गरेका छन्।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा हिजो बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए।

सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए। त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे।

एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्री सामु राखिएको थियो।

प्रकाशित: २७ चैत्र २०७८ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App