४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

शिक्षक महासंघको सहमति कानुन अनुसार कार्यान्वयन हुन्छ: शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक महासंघसँग गरेको सहमति कानुन अनसार कार्यान्वयन गर्ने बताएका छन्। 

धादिङको गंगाजमुना गाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवन उद्घाटन गर्दैं मन्त्री पौडेलले शिक्षक महासंघसँग गरेको सहमति संघीयता विरोधी नभएको बताए।

‘शिक्षक महासंघसँग गरेको सहमतिको विषयमा विभिन्न सवालहरु उठेका छन्’ मन्त्री पौडेलले भने, ‘संघीयताको मर्म अनुसार कानुनसँग नबाझिने तरिकाले कार्यान्वयन हुन्छ।’ संविधान अनुसार अधिकार दिने विषयमाआफू प्रतिबद्ध रहेको बताउँदै आगामी वर्षदेखि एसईई प्रदेशलाई जिम्मा दिने तयारीमा रहेको बताए।

मन्त्री पौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताउँदै आगामी वर्षमा बजेटको आकार बढ्ने बताए। ‘शिक्षा सुधारका लागि योजना बनाएका छौं,’मन्त्री पौडेलले भने, ‘आगामी वर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ।’

प्रकाशित: २५ फाल्गुन २०७८ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App