१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयका डेढ सय बढी शिक्षक सम्मानित

७२ औ प्रजातन्त्र दिवसका अवसरमा महाराजगंज नगरपालिकाले ढेड सय बढी शिक्षकलाई सम्मानित गरेको छ। नगरपालिकाद्वारा गैडहवामा आयोजित सेवा निबृत शिक्षकहरुको सम्मान कार्यक्रममा सामुदायिक विद्यालयका सेवा निवृत्त तथा कार्यरत शिक्षक गरी डेढ सय जनालाई सम्मानित गरेको हो।

सेवा निवृत्त १४, सामुदायिक विद्यालयका प्रधानाध्यापक, बालबिकास केन्द्रकी महिला सजकर्तालाई सम्मानित गरिएको हो। सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, लुम्बिनी प्रदेश सरकारकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल, मेयर अब्दुल कलामले उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाई सम्मानित गरेका हुन।  कार्यक्रममा प्रदेश महामन्त्री तथा पुर्वमन्त्री आचार्यले शिक्षकलाई प्रोत्साहनका लागि गरिएको कार्यक्रम नमुनायोग्य भएको बताए। उनले गुणस्तीय शिक्षा आजको आवश्यकक्ता रहेको भन्दै सामुदायिक विद्यालयका शिक्षकले निजी बिद्यालयसंग प्रतिस्पर्धा गर्ने किसिमले मिहीनेत गर्नुपर्ने बताए।

सो अवसरमा मन्त्री नेपालले महाराजगंज नगरपालिकाले शिक्षकहरुलाई सम्मानित गरेकोमा खुशीको महसुस भएको बताईन । उनले समाजमा परिवर्तन ल्याउन शिक्षकहरुको अहम भुमिका रहेको स्पष्ट पारिन्। उनले सामुदायिक बिद्यालयका शिक्षकहरुले गुणस्तरीय शिक्षा ल्याउनु पर्नेमा जोड समेत दिईन। नगरपालिकाका मेयर अब्दुल कलामले शिक्षकहरुको हौसला बढाउन आफुले बिगत बर्षहरु देखि नै यो कार्यक्रम गर्दै आएको बताए। उनले गुणस्तीय शिक्षा ल्याउन सामुदयिक बिदालयका शिक्षकहरुले अझ बढ िमिहीनेत गर्नु पर्ने बताए। कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष देवकला सुुबेदीले सामुदायिक शिक्षकहरुलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक तर्फ उन्मुख भएको बेला नगरपालिकाले शिक्षकलाई सम्मातिनत गरेर हौसला थपेको बताईन। उनले शिक्षकले समेत गुणस्तीय शिक्षा ल्याउन बिशेष मिहीनेत गर्नुपर्ने आवश्यक रहेको बताईन।

प्रकाशित: ७ फाल्गुन २०७८ १५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App