११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

मदरल्याण्डमा अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक वडा नं ९ भातेढिकुरमा रहेको मदरल्याण्ड स्कुलले आधारभूत शिक्षा एवं सचेतना विषयक १ दिने अभिमुखीकरण कार्यक्रम गरेको छ। सोही अभिमुखीकरणमा सो स्कुलबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो उपहार प्रदा नगरी बिदाई समेत गरिएको छ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष उपेन्द्र राज केसीले मायाको चिनो प्रदान गरेका थिए।

उक्त कार्यक्रमको पहिलो चरणमा शैक्षिक वर्ष २०७८ मा मदरल्याण्ड स्कुलका कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत २२४ जना विद्यार्थीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डिएसपी राम बहादुर केसीले आधारभूत शिक्षा एवं विद्यार्थीहरुले अपनाउनु पर्ने सुरक्षाका पक्षहरुका विषयमा सचेतना कक्षा सञ्चालन गरेका थिए।  

पब्लिक स्पीकर विकाश देव योन्जनले सकारात्मक सोचको विकास गर्नु पर्ने एवं विद्यार्थीहरुले आफ्नो जीवनमा गल्ती गर्नै नहुने हैन तर गल्ती सच्याउँदै मिहिनेत गरी असल व्यक्ति बनी राष्ट्रको लागि सक्षम नागरिक बन्नु पर्ने बताए।  

दोश्रो चरणको औपचारिक कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा ९ का अध्यक्ष उपेन्द्र राज केसीले मदरल्याण्ड स्कुलबाट शैक्षिक वर्ष २०७६ र २०७७ मा कक्षा १० को एसईई परीक्षा उत्तीर्ण ५८ जना विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने इप्सन अध्यक्ष जीबी खड्काले खादा र विद्यालय संचालिका शर्मिला देउजाले टिका लगाई दिनु भई बधाई एवं बिदाई गरेका थिए।

मदरल्याण्ड स्कुलले हरेक वर्ष गर्दै आएको यस प्रकारको अभिमुखीकरण कार्यक्रम र एसईई बधाई कार्यक्रम कोभिड १९ ले गर्दा  प्रभावित भएको उल्लेख गर्दै २ वर्षपछि आयोजना गरिएको कुरा संचालक, प्रिन्सिपल तथा नेशनल प्याव्सन भक्तपुर जिल्ला अध्यक्ष संजय खड्काले बताए।

कार्यक्रममा अन्य अतिथिहरु राष्ट्रिय संगितकर्मी संघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्द, पत्रकार महासंघ भक्तपुरका सचिव संजिप घिमिरे, पारिजात विद्याकुन्जका प्रिन्सिपल विक्रम थापा, शिक्षाविद पद्मनाथ तिवारी, अभिभावक प्रतिनिधि भिमेश्वर थापा, प्राध्यापक तथा अधिवक्ता विकल प्रजापति लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको परीक्षामा नेपाल टप गर्ने भक्तपुरकी बबिता ग्वाछालाई समेत मदरल्याण्ड स्कुलले सम्मान गरी बधाई तथा शुभकामना दिएको थियो।

प्रकाशित: ७ पुस २०७८ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App