राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल प्रकाशित गरिएकाे हाे।
त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो। यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो। सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डकाे वेभसाइड https://neb.ntc.net.np/ मा हेर्न सकिने छ। त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर र आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा पाउन सकिने बोर्डले जनाएको छ।
प्रकाशित: १७ मंसिर २०७८ ०५:१५ शुक्रबार





