१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

एसओएसका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईं एसओएस बालग्राम इटहरीको टेक्निकल ट्रेनिङ सेन्टरको सिलान्यास गर्दै। तस्बिरः नागरिक

एसओएस बालग्राम इटहरीका विद्यार्थीका लागि टेक्निकल ट्रेनिङ सेन्टर निर्माण गरिने भएको छ। टेक्निकल ट्रेनिङ सेन्टरको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सिलान्यास गरे।

प्रदेश नं. १ सरकारले ४० लाखसहित अन्य एसओएस बालग्रामको लगानीमा ट्रेनिङ सेन्टर निर्माण हुन लागेको हो। बालग्रामले विपन्न परिवार र एकल परिवारका सन्तानलाई संरक्षण गरि कक्षा १२ सम्मको पठनपाठनको व्यवस्था गर्दै आएको छ। विपन्न परिवार र एकल परिवारबाहेक स्थानीय समुदायका बालबालिकालाई पनि पठनपाठनको व्यवस्था मिलाएको छ।

टेक्निकल ट्रेनिङ सेन्टर सिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईंले एसओएसले विपन्न र एकल परिवारका सन्तानका लागि बाबुआमा तथा शिक्षक दुवैको भूमिका निर्वाह गरेकाले गर्दा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए। उनले चालु आर्थिक वर्षमा पर्याप्त गर्न नपाएपनि आगामी वर्ष सक्दो सहयोग गर्ने बचन दिए।

प्रकाशित: १२ मंसिर २०७८ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App