coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शैक्षिक अनुभव भाग ९ सार्वजनिक

सेवा निवृत शिक्षक समाज भक्तपुरबाट प्रकाशित शैक्षिक अनुभवको नवौं अंक बुधबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ। संघीय साँंसद प्रेम सुवालले नयाँ अंक सार्वजनिक गरेका हुन्।  

‘हामी अझै सवल छौं’ भन्ने नारा तय गरी संगठित सदस्यहरुको संस्था, सेवा निवृत्त समाजले प्रकाशन गरेको सो पुस्तक एक सय १५ पृष्ठको रहेको छ।

पुस्तकमा २० वटा आलेखहरु रहेका छन्। विशेष गरेर निवृत्त भएका शिक्षकहरुको आआफनो अनुभव पुस्तकमा रहेको छ। पुस्तकको मूल्य व्यक्तिगत एक सय ५० र संस्थागत दुई सय रुपैयाँं तोकिएको छ।

कार्यक्रममा सांसद सुवालले सेवा निवृत्त शिक्षकका अनुभव देशको सम्पति रहेको बताए। उनले यस्ता सम्पतिलाई राज्यले संरक्षण गर्नुपर्नमा जोड दिए।

कार्यक्रममा समाजका सल्लाहकार बालमुकुन्द बासुकला, अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, सदस्य तुल्सीराम ग्वाछालगायतले धारणा राखे।

प्रकाशित: १७ कार्तिक २०७८ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App