२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

प्रदेशस्तरीय निबन्धमा सहिलि प्रथम, बीस हजार नगद पुरस्कार

कोरोना महामारीले गर्दा शिक्षा आर्जन गर्न शिक्षालयभन्दा अहिले सूचना प्रविधिसँगै वैकल्पिक विधि नै अप्नाउन थालिएको छ। यही क्रममा सिकेको ज्ञान विद्यार्थीको जीवनमा लागू गर्नका लागि बढी खोजमूलक र अभ्यासात्मक बनाउन उद्देश्यले रोटरी क्लव अफ इटहरीले आयोजना गरेको निबन्ध प्रतियोगितामा कस्तुरी कलेज इटहरीकी सहिलि बजगाई प्रथम भएकी छन्। उनी प्रथम भएसँगै नगद २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेकी छन्।  

‘मैले चाहेको परिवर्तन’ शिर्षकमा नेपाली र अंग्रेजी दुवै माध्यममा भएको प्रदेश नं. १ स्तरीय निबन्ध लेखन प्रतिस्पर्धामा पूर्वाञ्चल कलेजकी अस्मिता ढकाल दोस्रो भइन्। उनले १२ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरिन्। प्रतिस्पर्धामा जनता कलेज इटहरीकी अम्बिका थापा तेस्रो भइन्। उनले नगद आठ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरिन्।  

कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले खुल्ला रुपमा प्रतिस्पर्धा गरेको प्रतियोगितामा सान्त्वना पुरस्कार कोशी सेन्ट जेम्स इटहरीकी सुस्मिता सापकोटा र सेन्ट एक्सभियवर गोदावरी दमकका सृजन सागर बराललाई प्रदान गरियो। प्रतियोगितामा धरान, इटहरी, विराटनगर र दमकका ६४ जना विद्यार्थीको सहभागिता रहेको आयोजक रोटरी क्लव अफ इटहरीकी अध्यक्ष शोभा कोइरालाले जानकारी दिइन्।  

प्रतियोगिताको निर्णायकमा नेपालीतर्फ प्राध्यापक डाक्टर टंक न्यौपाने र अंग्रेजीतर्फ सुकुना बहुमुखी क्याम्पसका गुणराज नेपाल नेतृत्वको टीम रहेको थियो।

प्रकाशित: ११ आश्विन २०७८ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App