१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सुनियोजित रुपमा निजी विद्यालयलाई धराप बनाउन लागे : अध्यक्ष पुरी

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले आफूलाई शैक्षिक अभियन्ता भन्नेहरूले निजी विद्यालयलाई धराप बनाउन लागेको आरोप लगाएका छन्। 

प्याब्सन विराटनगरको अधिवेशनको उद्घाटनको क्रममा अध्यक्ष पुरीले भने, ‘हाम्रो चन्दाको भरमा चलेका अभियन्ता भनाउँदाहरु हाम्रै विरोधमा हिँड्का छन्,’ अध्यक्ष पुरीले भने, ‘यस्ता शैक्षिक अभियन्ताको विरोध गर्नुपर्छ। विद्यालयसँग सरोकार नै नभएका व्यक्तिहरू आफूलाई अभियन्ता भन्नेहरु सुनियोजित रुपमा निजी विद्यालयलाई धरापमा बनाउन लागेका छन्।’  

दोस्रो अधिवेशनबाट मोहन बुढाथोकी अध्यक्षमा चुनिएका छन्। अध्यक्ष पदमा बुढाथोकीले शिव अधिकारीलाई ७ मतले पराजित गरेका थिए। समितिको अन्य पदाधिकारी सर्वसम्मत चयन भए। समितिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ, सचिव अशोक लामा, सह–सचिव हिरा थापा, कोषाध्यक्षमा नन्दलाल मण्डल र सह–कोषाध्यक्ष गोपाल रिजाल चयन भएका छन्। 

त्यसैगरी यादव प्रधान, चिरञ्जीवि तिम्सिना, देवीलाल महतो, सीमा अग्रवाल, दिनेश ढुंगाना सदस्यमा चयन भएका छन्। प्याब्सन नगर समिति विराटनगरमा ५६ वटा निजी विद्यालय आवद्ध रहेका छन्।

प्रकाशित: २ आश्विन २०७८ १३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App