२६ कार्तिक २०८१ सोमबार
image/svg+xml
शिक्षा

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित

काठमाडौं मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। मेडिकल कलेजका कर्मचारी मदनलाल श्रेष्ठलाई सरुवा गरिएको विरोधमा कलेजका कर्मचारीहरु आन्दोलित भएका हुन्।  

कर्मचारीहरुले श्रेष्ठलाई कलेज भित्र छिर्न दिनुपर्ने माग गर्दे सोमवार बिहान मेडिकल कलेज अगाडी प्रदर्शन गरेका छन्। काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको स्वामित्व नभएको संस्थामा  श्रेष्ठलाई सरुवा गरिएपछि कर्मचारीहरु त्यसको विरुद्धमा आन्दोलित भएका हुन्।  

अस्पताल प्रशासनले श्रेष्ठलाई कलेज प्रवेशमा रोक लगाएको कर्मचारीहरुले दाबी गरेका छन्। उनीहरुले कर्मचारी बि–नियमावली २०७६ मा भएको सेवा सुविधा व्यवस्थापन परिवर्तन भएपछि सबै सेवा, सुविधा काटिएको र त्यसलाई स्थापित गर्न श्रेष्ठले पहल गरेका कारण उनलाई अस्पताल सञ्चालकले स्वामित्व नै नभएको स्थानमा सरुवा गरेको दाबी गरेका छन्।

अस्पताल सञ्चालकले श्रेष्ठलाई अस्पतालाको स्वामित्व नभएको अस्पतालमा सरुवा गरेको कर्मचारीहरुले आरोप लगाउँदै आएका छन्। 

प्रकाशित: ११ श्रावण २०७८ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App