३ माघ २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सहिदभुमिद्वारा विज्ञान विषयका विद्यार्थीलाई १ लाखसहित सम्मान

सहिदभुमि गाउँपालिका वडा नं ४ खोकुले एक कार्यक्रम आयोजना गरी वडा नं ४ का विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।  

वडा नं ४ मा दक्षजनशक्ति उत्पादन गर्ने उद्देश्यले वडाका अहिले विज्ञान विषय अध्ययन गरिरहेकी एकजना मात्र विद्यार्थी विदा राईलाई सम्मान पत्रसहित नगद १ लाख रुपैयाँ हस्तान्तरण गरिएको वडा अध्यक्ष भुपेन्द्र राईले बताए।  

गाउँघरमा विज्ञान विषय पढाउने शिक्षकको कमी हुन नदिन यस खालको कार्यक्रमले सहयोग गर्ने अपेक्षा लिएको वडाध्यक्ष राईले बताए। साथै उनले आर्थिक अभावका कारण गुणस्तरीय शिक्षा लिन कोहीपनि पछि नपरुन् तथा गुणस्तरीय शिक्षातर्फ आकर्षण बढाउनका लागि वडाले प्रोत्साहन स्वरुप नगदसहित सम्मान कार्यक्रम राखेको बताए।

नगदसहित सम्मानित हुने विद्यार्थी विदा राई खोकुबाट एसइइ पास गरेर अहिले सि.सि.टी धरान हात्तिसार क्याम्पसमा बिएसि दोस्रो वर्षमा अध्ययनरत छिन्। आर्थिकसहित सम्मानित भएकी राईले वडाले आफ्नो पढाई अगाडि बढाउन दिएको सम्मान खेर जान नदिने बताएकी छिन्। उनले साे सम्मानबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेर आफ्नै गाउँघरमा उदाहरणीय काम गर्ने प्रेरणा मिलेको बताइन्। साथै वैदेशिक रोजगारमा रहेका बुबाले आफूलाई पढाई खर्च दिईरहेको अवस्थामा वडाले नगदसहित सम्मान गरेको समाचार हेरेपछि बुवालाई हौसला मिल्ने पनि उनले बताइन्।

कार्यक्रमका प्रमुख अतिथि संघीय संसद राजेन्द्रकुमार राई, विशेष अतिथि प्रदेश १ न्यायिक तथा विद्यायन समितिका संयोजक ईन्द्र मणि पराजुली अतिथि गाउँपालिका अध्यक्ष मनोज राई लगायतले नगद तथा सम्मान पत्र र खादा प्रदान गर्दै सम्मान गरेका थिए।

प्रकाशित: २७ असार २०७८ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App