१९ असार २०८१ बुधबार
image/svg+xml
शिक्षा

५ करोड लागतमा निजामती आवशिय विद्यालयको निर्माण सम्पन्न

धनकुटा नगरपालिका वडा नं ७ चुलिवनस्थित निजामती आवशिय विद्यालयको अत्याधुनिक, सुबिधासहितको तीनतले भवन ५ करोड लागतमा निर्माण कार्य सम्पन्न भएको छ।  

विद्यालयको नयाँ भवन संघीय प्रतिनिधिसभा सदस्य तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्रकुमार राईको पहलमा साढे ५ करोड लागतमा निर्माण सम्पन्न गरिएको विद्यालयका प्रधानाध्यापक सुरेश काफ्लेले जानकारी दिए।  

निर्माण गरिएको नयाँ भवनभित्र प्रबिधिमैत्री कक्षाकोठाको व्यवस्था र अत्याधुनिक सुबिधा सम्पन्न विद्यार्थीलाई अक्तिरिक्त क्रियाकलाप सञ्चालनका लागि २ वटा हलको व्यवस्थासहित २२ वटा कोठा रहेको प्रधानाध्यापक काफ्लेले बताए। अहिले विद्यालयमा कक्षा ५ देखि १० सम्मको कक्षा सञ्चालन भइरहेको र आगामी दिनमा कक्षा १२ सम्म कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक काफ्लेले बताए।  

हाल विद्यालयमा १ सय ५० जना छात्रछात्रा अध्ययन गरिरहेका छन्। विद्यालय भवन निर्माणको काम सकेर अहिले कक्षा सञ्चालनका लागि तयारी भईरहेको विद्यालयले जनाएको छ।

प्रकाशित: २१ असार २०७८ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App