१५ चैत्र २०८० बिहीबार
शिक्षा

विद्यार्थीलाई पोशाक तथा खेलकुद सामग्री वितरण

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– ८ को श्री सर्वसुधार आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाकसहित खेलकुद सामग्री प्रदान गरिएको छ।  

युवा समाजसेवी सौरव रिमालले श्री सर्वसुधार आधारभुत विद्यालयका छात्र/छात्रालाई पोशाक तथा खेलकुद सामग्री वितरण गरेका हुन् ।  

कतिपय विद्यार्थी खालीखुट्टा र पोशाकविना विद्यालय जानुपर्ने बाध्यता भएपनि अब भने जुत्तासहित नयाँ पोशाक लगाएर आफ्ना बालबच्चा विद्यालय जान पाउने भएकोमा अभिभावहरुले खुशी व्यक्त गरेको समाजसेवी रिमालले बताए ।  

‘विद्यार्थीलाई खेलकुद क्षेशमा  प्रोत्साहित गर्न नयाँ पोशाक सहित  खेलकुदका सामग्री प्रदान गरिएको हो’, रिमालले भने,  

विद्यार्थीहरुलाई पढाईसँग अन्य क्रियाकलापम आकर्षण बढाउनु पर्छ। अहिलेको पढाई भएर मात्रै पुग्दै खेलकुदमा अघि बढाउनु पर्छ।’

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सौरव रिमालको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक, शिक्षक र अभिभावकहरुको बाक्लो उपस्थितिसहित सामग्री वितरण गरिएको थियो।  

रिमालले देशका दुर्गम क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक सहित खेलकुद सामग्री वितरण गर्दै आइरहेका छन्। 

 

प्रकाशित: ४ वैशाख २०७८ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App