'बालबालिकालाई खेत, कलकारखाना, होटल, घरेलु मजदूर र वेश्यालयमा होइन, स्कूल पठाएर उनीहरुको भविष्य सुनिश्चित गरौं' भन्ने मूल नाराका साथ मेची पूलबाट सुरु यात्रामा डेढ सय सहभागी छन्।
झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाल र एन प्याब्सन अध्यक्ष गीता राणाले यात्रा उदघाटन गरेका थिए। असुरक्षाको कारण दर्शाउँदै शिक्षा मन्त्री रामचन्द्र कुशवाहले अन्तिम समयमा झापा आउने कार्यक्रम रद गरेका थिए। आयोजकमध्येका नेपाल लोकतान्त्रिक युनेस्को महासंघका अध्यक्ष दामोदर शर्माका अनुसार यात्रा असोज २ गते चितवनमा टुङ्गिने छ।
यात्रा प्याव्सन, एन-प्याव्सन, युनेस्को महासंघ, बचपन बचाओ आन्दोलन, आईएलओ, व्याकवार्ड सोसाइटी एजुकेशन लगायतका संस्थाको आयोजनामा सुरु भएको हो।
प्रकाशित: २५ भाद्र २०६६ ०३:४५ बिहीबार





