coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साईकल

उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साईकल बाँडिएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले उच्च शिक्षा अध्ययनरत गरिब दलित जहेन्दार र मुस्लिम समुदायका छात्रालाई एक कार्यक्रमका बीच साईलक बाँडेको हो। मेयर किरण सिंह उपमेयर लक्ष्मी साउ गुप्ता, वडाध्यक्ष रामभजन कलवारले छात्राहरुलाई साईकल हस्तान्तरण गरेका थिए। साईकल पाएका छात्राहरु सदरमुकाम तौलिहवाका क्याम्पस र उमाबिमा अध्ययनरत छन्।  

विद्यालय टाढा भएका छात्राहरुलाई आउजाउ गर्न सहजताका लागि साईलक दिइएको हो। सो अवसरमा मेयर सिंहले विद्यालय टाढा हुँदा विद्यालय जान अप्ठेरो परेको विद्यार्थीलाई वडाले साईलक उपलब्ध गराएर राम्रो काम गरेको बताए। ‘विद्यालय टाढा हुँदा खासगरी छात्राहरुलाई गाह्रो हुन्छ, यस्तोमा साईकलले उनीहरुलाई सहजता प्रदान गर्छ’ उनले भने। उपमेयर गुप्ताले बिपन्न छात्रछात्रालाई साईकल दिएर वडाले धेरै राम्रो काम गरेको बताइन्। टाढा भएका छात्राहरुलाई यसले आउजाउ गर्न मद्दत मिल्ने उनले बताइन्। साईकल पाएपछि छात्राहरु निकै खुसी भएका थिए। 

तौलिहवास्थित तौलेश्वरनाथ उमाबिमा अध्ययनरत लम्तियाकी बिदावती यादवले अब विद्यालय आउजाउ गर्न निकै सजिलो भएको बताइन्। ‘साईलक नहुँदा ३ किलो मिटर हिँडेर आउनु पथ्र्यौ अब भने सजिलो भएको छ', उनले भनिन्। वडाध्यक्ष कलवारको अध्यक्षता, रोशन गिरीको संचालनमा भएको कार्यक्रममा साजिक विकास सल्लाहकार सुरेन्द्र लम्साल मुख्तार अहमद खा लगायतले मन्तब्य दिएका थिए।

प्रकाशित: ११ माघ २०७७ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App