१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

लोकसेवा दोस्रो चरणको परीक्षामा उम्मेदवार घटे

लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३ प्रतिशत मात्र दोश्रो चरणको परिक्षमा सहभागी भएका छन्।  

यसअघि, पहिलो चरणको परीक्षामा सहभागी भएका र उत्तीर्ण भएकामध्ये ९० प्रतिशत भन्दा बढी उम्मेदवार दोस्रो चरणको परीक्षामा सहभागी हुने गर्थे। तर यसपटक त्यस्तो नपाइएको आयोगका सूचना अधिकारी देवी सुवेदीले बताए।  

आयोगले करिब ३ सय संख्यामा नायब सुब्बा पदमा २०७६ फागुनमा पहिलो चरणको परिक्षा लिएको थियो। त्यसपछि कोभिड १९को महामारीका कारण परीक्षा स्थगित गरियो। दोस्रो चरणको परीक्षा २०७७ माघ २ गते सकियो। तर यो परीक्षामा पहिलो चरणको परीक्षमा सहभागी भई उत्तीर्ण भएकामध्ये ३३ प्रतिशत मात्र दोस्रो चरणको परीक्षामा सहभागी भएको सुवेदीले बताए। परीक्षार्थी संख्या घट्नुमा कोरनालगायत अन्य कारण हुनसक्ने सुवेदीको भनाइ छ।  

यस वर्ष आयोगले ठूलो संख्यामा विज्ञापन खुलाएको छ। आयोगले अप्राविधिकतर्फ नायब सुब्बा पदमा ८ सय ३२ पदमा विज्ञापन खुलाएको छ। तीमध्ये ४ सय ११ पदमा खुला माग गरिएको छ भने ४ सय ३२ पदमा जेष्ठता र कार्यक्षमता मूल्याकंनबाट बढुवा गरिने आयोगले जनाएको छ। आयोगले हरेक वर्ष असोज महिनाबाट हरेक महिनाको अन्तिम बुधबार विज्ञापन खुलाउने गर्छ। यो क्रम चैत महिनासम्म जारी रहन्छ।

प्रकाशित: ८ माघ २०७७ ०१:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App