प्रत्येक वर्ष अन्तराष्ट्रिय साक्षरता दिवसको उपलक्षयमा मनाईने राष्ट्रिय शिक्षा दिवस यस वर्ष 'नयाँ नेपालको मूल आधार गुणस्तरीय शिक्षा मौलिक अधिकार ' नारा सहित मनाइदैछ।
विभिन्न संकाय तर्फ उत्कृष्ट गरेका विद्यार्थीलाई 'क', 'ख' र 'ग' गरी तिन श्रेणीमा पदक वितरण गरिएको थियो भने छात्राहरु तर्फ उतकृष्ट गर्नेलाई नेपाल छात्रा विद्यापदक प्रदान गरिएको थियो।
विधावारिधि तर्फ 'क' स्नात्तकोत्तर तर्फ 'ख ' स्नातक तर्फ 'ग ' श्रेणीको नेपाल विद्याभूषण पदक प्रदान गरिएको थियो। राष्ट्रपति यादवले विद्यावरिधि तर्फ १ सय १७ र स्नातकोत्तर तर्फ ६१ पदक र प्रमाण पत्र वितरण गरेका थिए।
त्यसैगरी स्नातक तर्फ १३ विद्यार्थीले विभिन्न संकायबाट उत्कृष्ट भएर पदक र पुरस्कार पाएका थिए। स्नातकमा विभिन्न संकायमा उत्कृष्ट २६ छात्रालाई नेपाल छात्रा विद्यापक प्रदान गरिएको थियो भने प्रमाणपत्र तर्फका १५ संकायका १५ छात्राहरुलाई मात्र नेपाल छात्रा विद्यापदक र प्रमाणपत्र राष्ट्रपति यादबले प्रदान गरेका थिए।
सुरक्षा निकाय प्रमुख , संवैधनिक निकायका प्रमुख, मन्त्रीहरु पनि पुरस्कार वितरण समारोहमा उपस्थित थिए।
पदकबाट बिभूषित भएका विद्यार्थीलाई राष्ट्रति यादबले प्राप्त गरेको ज्ञान र सीपलाइ उचित तरिकाबाट उपयोग गर्दै राष्ट्रको विकास गर्नमा सहयोग पुर्याउने शुभकामना सन्देश दिएका थिए।
'पदकबाट विभूषित भएकोमा हार्दिक बधाई छ , मातृभूमिको हित चिताई यस पदकको मान कायम राखी यहाले प्राप्त गरेको ज्ञान र सीप देशको भलो हुने कार्यमा प्रयोग हुन सकोस् ' राष्ट्रपति यादबले भने।
स्वदेश तथा विदेशबाट अध्ययन गरी उत्कृष्ट भएर सम्मान पाएका सबै विद्यार्थीलाई सुभकामन ब्यक्त गर्दै शिक्षा मन्त्री रामचन्द्र कुसुवाहाले नेपाली शैक्षिक क्षेत्र सुधारमा सहयोग पुर्याउन आग्रह गरे।
प्रकाशित: २३ भाद्र २०६६ ०२:२६ मंगलबार





