१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन सुरु

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायअन्तर्गत इन्जिनियरिङ केन्द्रीय क्याम्पसले शिक्षक÷विद्यार्थीहरुको भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेको छ । क्याम्पस प्रशासनका अनुसार बीई सिभिल, हाइड्रोपावर र कम्प्युटर कार्यक्रम दोस्रो सेमेस्टरको पढाइ आइतबारदेखि सुरु गरेको हो ।

क्याम्पस प्रमुख ई. सोनालाल यादवले शिक्षक/विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण सावधानी अपनाए कोरोना परास्त गर्न सकिने विश्वास दिलाउँदै कक्षामा नियमित उपस्थित भई मनग्गे शैक्षिक लाभ उठाउन निर्देशन दिए । क्याम्पसले विद्यार्थीहरुको न्यूनतम स्वास्थ्य सुरक्षार्थ मास्क वितरण गरेको छ । कोरोना महामारीका कारण गत चैतदेखि देशभर लकडाउन सुरु भएसँगै भौतिकरूपमा पठनपाठन अवरुद्ध भएपछि  त्यसयता विश्वविद्यालयले विकल्पमा अनलाइन कक्षा एवम् परीक्षा सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित: १९ पुस २०७७ ०९:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App