१९ माघ २०८२ सोमबार
image/svg+xml
शिक्षा

इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा सुरु

इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ। माङ्सेबुङको  सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन सुरु भएको हो। 

कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै सुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए। उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न सुरु गरेका छन्। विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो। परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन शुरु गरिएको हो।

कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विषेशज्ञ छनोटमा समेत समस्या भएको थियो। पहिलो वर्ष भएका कारण कक्षा ९ बाट अध्ययन शुरु गरिएको हो। पहिलो वर्ष नै उल्लेख्य विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ। आउँदा दिनमा नियमितरूपमा बाली विज्ञानको कक्षा सञ्चालन हुने प्रधानाध्यापक आङ्देम्बेको भनाइ छ। 

पछिल्लो समय बालबालिकाको समेत व्यावसायिक र प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ। सामान्यतया औपचारिक शिक्षा लिँदा जागिर पाउन समस्या हुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीहरुको रुचि बढेको पाइन्छ। बाली विज्ञानको अध्ययनपश्चात् गाउँमा नै जागिर पाइने भएकाले पनि विद्यार्थीहरुको रुचि बढेको हो। रासस 

प्रकाशित: ३ पुस २०७७ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App