१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार हो: मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताएका छन्। बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको बताए।    

नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो। जम्मा २१ कोठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए। शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन छ।  

शिक्षालय स्थापना भएर सञ्चालनमा आएको तीन वर्ष भएको छ। तीनवर्षे डिप्लोमा ९स्नातक० तहको पठनपाठन र विषयगत अभ्यास गराइने सो शिक्षालयमा सिभिल इञ्जिनीयरिङ, जोमेट्रिक इञ्जिनीयरिङ ९अमिन, सर्भे०, वनविज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी र होटल म्यानेजमेन्ट विषयको सैद्धान्तिक र व्यावहारिक सीप दिँदै आएको छ। अब यसपालिको शैक्षिक सत्रदेखि फार्मेसी, रेडियोग्राफी (रेडियोलोजी), आयुर्वेद र प्राकृतिक चिकित्सा तथा योग विषयको पठनपाठनको थप स्वीकृति पाएपछि यो मुलुककै शैक्षिक गन्तव्यमध्येको एक बनेको छ।  

फार्मेसी र रेडियोग्राफी शिक्षालयकै भवनमा सञ्चालन गरिएको छ भने आयुर्वेद जिल्लाकै मटिहानीस्थित राजकीय संस्कृत मावि र प्राकृतिक चिकित्सा तथा योग सिरहा जिल्लाको धनगढी नगरपालिकासँगको साझेदारीमा तिनै ठाउँमा सञ्चालनको अनुमति दिइएको प्राचार्य मेहताले बताए।  शिक्षालयमा अहिले मुलुकका  २२ जिल्लाका ५३८ जना छात्रछात्रा अध्यनरत छन्। रासस 

प्रकाशित: १६ मंसिर २०७७ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App