१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

कक्षा १२ को परीक्षाको सफताले विद्यालय खोल्ने वातावरण बन्यो

कोभिड १९–जोखिमविच मंसिर ९ देखि सुरु भएको कक्षा १२को परीक्षा निरन्तर सफलता पाएको छ । विद्यालयहरुले स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर देशभरि चार लाख ३३ हजार एक सय ८० परीक्षार्थीको परीक्षा संचालन गरिरहेका छन् ।

मंसिर १६ गतेसम्म चल्ने परीक्षा कोभिडबीच भौतिक रुपमै विद्यार्थी उपस्थितको आधारमा संचालन गरेको देशकै पहिलो परीक्षा हो । कुल ७ विषयको परीक्षामा नियमित ५ दिनसम्म गरिएको ५ विषयको परीक्षा पुर्ण सफल भएको विद्यालयहरुले बताएका छन्।

परीक्षाको सफताको आधारमा विद्यालयहरु अब शैक्षिक सत्र पुरा गर्न विद्यालय खोल्ने सबै तयारी गरिसेको बताएका छन् भने अभिभावकहरु समेत आफना नानी डेराको एउटा कोठाभित्र कोचिएर बस्नु भन्दा विशेष गरी सरकारी विद्यालयको खुला मैदान र भरपुर छाम ताप्ने पाउने भएकोले विद्यालयमै सुरक्षित बनेकोले पठाउन तयार रहेको बताएका छन् ।

मन्त्रालयको तथ्याँक अनुसार देशभरि कुल ३० हजार विद्यालय रहेकोमा ९० प्रतिशत सरकारीनै छन् । तिमध्ये पनि ३ हजारमा २५ भन्दा कम विद्यार्थी छन् घने १५ हजार विद्यालयमा सय विद्यार्थी पनि मुस्किलले पुग्छन् ।

यही परीक्षाको सफलतालाई आधार मानेर गंगालाल हृदय केन्द्र अस्पतालले शनिबार एक हजार नर्सको परीक्षा संचालन गर्यो जसको परिक्षा केन्द्र त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन मावि थियो । भने लोक सेवा आयोगले पनि इन्सपेक्टर र असईको परीक्षा मंसिर १८,१९ र २० गते भौतिक उपस्थितकै आधारमा संचालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । परिक्षा केन्द्रहरुमध्ये विश्वनिकेतन स्कुल पनि एक हो ।

त्रिपुरेश्वरमा रहेको विश्निकेतन स्कुलमा कक्षा १२को सात सय विद्यार्थीले परीक्षा दिँदै छन्। स्कुलका प्राधानाध्यापक हेरम्बराज कँडेलले डेढ घण्टको परीक्षा सकिए पनि विद्यार्थीहरु चौरमा दूरी र स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर केहि बेर घाम तापेर मात्र जाने गरेको सुनाए । ‘हामीले कक्षा १२को परीक्षाको सफताको आधारमा मंसिरको अन्तसम्मा विद्यालय खोल्ने सबै तयारी गरिसकेका छौं,’ प्रधानाध्यापक कँडेलले नागरिकसँग भने‘ शनिबार मात्र एक हजार नर्सको परीक्षा सम्पन्न भयो भने मंसिर १८देखि २० गतेसम्म लोकसेवा आयोगको केन्द्र हाम्रे विद्यालय बनेको छ । अब कोरानासँग डराएर हुदैन । ’उनले थपे ‘स्कुलमा नानीहरु चौरमा घाम तापेर, दूरी कायम गरी, मास्क र सेनिटाइजरको पप्रयोग गरेर सुरक्षित वातावरणमा अध्ययन गर्न सक्छन् ।हामीले सबै आधार तयार पारेका छौं ।’

‘स्वास्थ्य सुक्षाको सबै मापदन्ड अपनाएर हामी स्कुल संचालकोलागि तयार छौं’: स्कुल संचालक

‘डेरामा एटा कोठामा बस्नु पर्छ ,बालबालिकालाई खेल्न र घाम ताप्ने ठाउ छैन, तर सरकारी विद्यालयमा खुला मैदानमा खेल्ने र घाम ताप्ने ठाउँ भएकोले विद्यालयनै सुरक्षित’ :अभिभावक

बाफलमा रहेको ज्ञानोदय मावीमा पनि घरमा नेत नभएका विद्यार्थीहरु विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर विद्यालयमा भौतिक उपस्थितकै आधारमा पठनपाठन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक नातीकाजी महर्जनले अनलाइनले विद्यार्थीको पठनपाठनमा खासै सुधार नगरेको र कक्षा १देखि ३ सम्मका नानीहरु त पहुँचमै नभएको बताए । उनले पनि कक्षा १२को परीक्षा निकै सफता पुर्वक सम्पन्न भएकोलेले अब विद्यालय खोल्ने सफलता मिलेको जनाए ।‘हाम्रो विद्यालयबाट कक्षा १२को परीक्षामा १७१ ले परीक्षा दिए । कुनै बाधा आएन, ’प्राधानाध्यपाक महर्जनले भने ‘ परीक्षाले स्वास्थ्य मापदन्डका उपायहरु अपनाएर अब स्कुल खोल्दा राम्रो हुने सिकायो । ’उनले थपे‘स्कुलमा आउदा साथीसँग हासेको शिक्षकसँग मुस्कुराएको, रिसाएको र खेलेको ब्यवहारले बालबालिकाहरुमा मानसिक, समाजिक र शाररीक विकास हुन्छ ।’

कालिमाटिमा रहेको निलवाराही स्कुलकी प्राधानाध्यपक जानुका नेपालले पनि कक्ष १२को परीक्षा सफल भएको बताउँदै आफुले सोहि आधारमा विद्यालय समेत संचालन गरेको बताइन् । आइतबारदेखि उनले कक्षा १–३सम्मका नानीहरुलाई विद्यालयमै बोलाएर एक–२ घण्टा पठनपाठन गराइन् ।

निलवाराही स्कुलका अभिभावकहरु पनि स्कुलमा बालबालिका सुरक्षितसाथ पढेको देखेर सन्तुष्ट बने ।‘म एउटा कोठा बालमा लिएर बसेको छु । घाम पनि आउँदैन,छोराछोरी नर्सरी र युकेजी पढ्नेछन् कोठामै थुनिएर बस्दा उनीहरु लाटो झै बनेका छन्,’ निलवाराहीका अभिभावक पविता श्रेष्ठ गिरीले नागरिसँग अनुभव सुनाइन्‘आइतबार स्कुलले नानीलाई उपस्थित गरेर पढाउँदा हाम्रा नानी निकै हसिलो र खुसि बनेका छन् ।’उनले थप सुनाइन् ‘म आफै स्कुलमा गएर हेरे स्कुलले मास्क नभएको नानीलाई मास्क पनि दिदो रहेछ, साबुनपानीले हात धुवाएर मात्र खाजा खान दिने, सेनिटाइजरको राम्रो ब्यवस्था रहेछ । हाम्रो बच्चाले कोठामा घाम देख्न पाउँदै खेल्ने ठाउ छैन । तर स्कुलमा खुला ठाउमा दुरी कायम गरी घाममा खेल्दा स्कुलमै सुरक्षित छन् ।’

आइतबार पनि ब्यवस्थापन समुह तर्फको एकाउन्टेन्ट र विज्ञान तर्फको जिवविज्ञानको परिक्षालगाएत अन्य विषयका परीक्षाहरु पनि सफता पुर्वक सम्पन्न भएको राष्ट्रिय परीषा बोर्डका प्रवक्ता जंगबहादुरअर्यालले बताए । उनले मंगलबार परीक्षा सकिने भन्दै आजको दिनसम्म कतैबाट पनि कोरोनासँग जोडिएका कुनै अप्ठ्यारा सूचना प्राप्त नभएको दाबी समेत गरे ।

޽शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणीले पनि परीक्षाको सफताको आधारमा विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको बताउँदै आएका छन् । ‘मन्त्रालयले विद्यालय खोल्ने बारे अधिकार स्थानीय तहलाई दिँदै विद्यालय पुनःसंचालन सम्बन्ध्ी कार्यढाँचा जारी गरिसकेको छ, ’मन्त्री पोखरेलले भने ‘परीक्षा सफलताको आधारमा स्थानीय तहले विद्यालय खोल्ने छन् ।’

काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोति भट्टराईले महानगर शिक्षा विभागले कक्षा १२को परीक्षाको दैनिक अनुगमन गरी प्रतिवेदन समेत तयार पारीरहेको बताए । उनले हालसम्म् परीक्षा निकै सफतापुर्वक सम्पन्न भइरहेको बताउँदै अब स्कुल खोल्ने तयारीबारे कार्यपालिकामा छलफल भइरहेको जनाए ।

‘विद्यालय पुनसंचालन कार्यढाँचाले समेत कोभिडको संक्रमण घटेको र स्वास्थ्य सुरक्षाको मापदन्ड अपनाएर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको उल्लेख गरेको छ,’अधिकृत भट्टराईले भन,‘ म आफै पनि ६ निजी र ६ सामुदायिक विद्यालयको परीक्षाको अनुगमन गरे । निकै सुरक्षित पाए ।’उनले थपे‘कार्यपालिकामा पनि विद्यालय कसरी र कहिलेदेखि खोल्ने वा नखोल्ने बारे बृहत छलफल भइरहेको छ ।’

प्रकाशित: १५ मंसिर २०७७ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App