३० भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

निजी विद्यालयले शुल्क नलिने

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का निजी तथा संस्थागत विद्यालयले बन्दाबन्दी अवधिको शुल्क नलिने घोषणा गरेका छन् । शिक्षकलाई भने साउन १ गतेदेखि बेतलबी बिदामा पठाएका छन् । विसं २०७७ वैशाखदेखि विद्यालय पूर्णरुपमा सञ्चालन नहुँदासम्म विद्यार्थीबाट कुनै शुल्क नलिने निर्णय गरिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीका अध्यक्ष इन्द्र गुरुङले जानकारी दिए । 'विद्यालयले लिने गरेको मासिक शुल्क, कम्युटर, यातायातलगायतका कुनै पनि शुल्क विद्यालय पूर्णरुपमा सञ्चालन नभएसम्म नलिने निर्णय गरेका छौँ', उनले भने ।

वैशाखदेखि असारसम्मको शिक्षक कर्मचारीको पारिश्रमिक सम्बन्धित विद्यालयले आफैं स्वेच्छिक व्यवस्थापन गर्ने तर साउनदेखि सबै शिक्षकलाई बेतलबी बिदामा पठाएको अध्यक्ष गुरुङले बताए । 'बन्दाबन्दीका कारण विद्यालय बन्द रहँदा कुनै आम्दानी नभएकाले शिक्षकको पारिश्रमिक भुक्तानी गर्न निजी विद्यालयलाई समस्या छ, उक्त अवधिको पारिश्रमिक स्वेच्छिक व्यवस्थापन गर्ने जिम्मेवारी विद्यालयले लिएका छन्', उनले भने । 

प्रकाशित: २ श्रावण २०७७ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App