नेकपा माओवादीको केन्द्रीय समदस्य समेत रहेकी सभाषद रोका रुकुम जिल्लावाट संविधान सभाको लागि समानुपातिक प्रणालीवाट चुनिएकी हुन। २०५२ सालमा कक्षा १० मा पढ्दा पढ्दै माओवादी जनयुद्धमा होमिएको कारण उनको एसएलसी दिने चहाना अधुरै रहेको थियो। ढिलै भए पनि विचैमा अढ्केको पढाईलाई निरन्तरता दिने अवसर मिलेको छ। माओवादी जनयुद्धकालमा जनमुक्ति सेनाको कमान्डर समेत रहेर जिल्मेवारी सम्हालेकी सभाषद् रोका यस भन्दा पहिले उनि अन्तरिम ब्यवस्थापिका संसदको सदस्य समेत भइसकेकी छिन्। विद्यार्थीकालमा उनि अब्वल छात्रा थिइन्।
लगनशील र मेहनती भएका कारण उनले पढाई विचै छोडेपनि राजनीतिमा राम्रै अवसर पाएकी छिन्। गाउँमै रहेको हिमालय उच्च माद्यमिक विद्यालयमा पढ्ने समय उनि राम्रै विद्यार्थी भएको पूर्व शिक्षक खेममान खडकाले वताए। माओवादी जनयुद्धमा लागेकै समयमा उनको विवाह गाउँकै गणेशमान पुनसँग जनवादी विवाह भएको हो। सभाषद रोका पति गणेशमान पुन हाल माओवादीका केन्द्रिय सदस्य एवं वाईसिएलका केन्द्रिय अध्यक्ष छन्। सभाषद रोकाले आफ्नो परीक्षाको परिणामवारे केहि उत्सुक केहि संकोच भएको अनुभव वताइन। नयाँ संविधान निर्माण गर्ने ठाउँमा पुगेको सभाषदले भर्खर एसएलसी दिएकोले हुन सक्छ संकोच मानेको उनको ब्यक्त गरिन।
'वास्तविक कुरा वाहिर ल्याउने के को लाज मान्नु पर्यो र?' सभाषद रोकाले आफ्नो परीक्षा परिणामको वारे जिज्ञासा राख्दा भनिन्, 'पहिले पढ्न पाइएन,आजभोली शिक्षाको महत्व हुँदो रहेछ, परीक्षा पनि राम्रै भयो, दोश्रौ श्रेणीमा पास भएँ।' 'समाचारलाई वंग्याएर चाँही नलेख्नुहोला है।' आगामी दिनहरुमा आफूले पढाईलाई निरन्तरता दिने उनको विश्वास रहेकोछ। उमेरकै कारण आफ्नो पढाईलाई विचैमा छोड्ने र निराश हुनेहरुका लागि सभाषद रोकाले राम्रो उदाहरण दिएकी छिन्। गत माघ महिनामा भएको टेष्ट परीक्षामा उनि विद्यालय दोश्रो भएकी थिइन्।
प्रकाशित: १९ असार २०६७ २१:१६ शनिबार





