उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निरङ्कुश शासनमा भन्दा लोकतन्त्रमा फड्को मारेको दाबी गरेका छन्।
शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 'डेमोक्रेटिक सिस्टम आइसकेपछि अटोक्रेटिक सिस्टममा भन्दा डेमोक्रेटिक सिस्टममा सोसाइटीले धेरै फड्को मारेको छ,' उनले भने।
अगाडि उनले भने, 'नेपालको शिक्षा प्रणालीमा गुणस्तर छैन भनेर हल्ला गरिरहेका छन् । वास्तवमा हामीले बुझ्नुपर्ने भनेको के हो भने नेपालमा पनि राम्रा एजुकेसन इन्स्टिच्युट बनिसकेको छ। नेपालको राजनीतिक परिवर्तन हामीले देख्यौँ । डेमोक्रेटिक सिस्टम आइसकेपछि अटोक्रेटिक सिस्टममा भन्दा डेमोक्रेटिक सिस्टममा सोसाइटीले धेरै फड्को मारेको छ। एजुकेसनकै कुरा गर्दा ६० वर्ष अघिको नेपालको एजुकेसको स्टाटस र अहिलेको स्टाटसमा धेरै परिवर्तन आएको छ।'
उनले मुलुकले शिक्षामा जोड दिनुपर्ने पनि बताए।
प्रकाशित: ९ चैत्र २०८१ १७:४६ शनिबार