त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिणाम सार्वजनिक भएको छ। नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्।
कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले बताए। थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका उम्मेदवार विजयी भएका छन्।
थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएको नेविसङ्घका प्रवक्ता सुरज सेजुवालले बताए।
अनेरास्ववियु (क्रान्तिकारी) ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हासिल गरेको छ। क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष भएका छन्।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। मङ्गलबार सम्पन्न निर्वाचनमा देशभर ३८ आङ्गिक र २५० सम्बन्धनप्राप्त क्याम्पसमा मतदान भएको थियो। रासस
प्रकाशित: ६ चैत्र २०८१ ०९:४९ बुधबार