४ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

समक्ष स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्नेमा जोड

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्नेमा जोड दिएका छन्। 

शनिबार आयोजित एक कार्यक्रममा विश्वविद्यालय सञ्चालन गर्नका लागि आवश्यक मापदण्ड पूरा भए महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकाहरूलाई पनि विश्वविद्यालय सञ्चालन गर्न दिनुपर्ने माग उनीहरूको थियो।

भक्तपुर नगरपालिका वडा नं २ ब्यासीका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले एउटा स्थानीय निकायलाई विश्वविद्यालय सञ्चालन गर्न दिएमा अर्को स्थानीय निकायले पनि विश्वविद्यालय सञ्चालन गर्न माग गरे के गर्ने भन्ने प्रश्न गर्नु अन्ततः समक्ष पालिकाहरूलाई पनि विश्वविद्यालय सञ्चालन गर्न नदिने षड्यन्त्र भएको बताए।

भक्तपुर नगरपालिकाले वर्षौदेखि ख्वप विश्वविद्यालय सञ्चालनको अनुमतिका लागि माग गरिरहेको स्मरण गर्दै उनले समक्ष हुँदाहुँदै पनि विश्वविद्यालय सञ्चालन गर्न रोक्नु कुनै अर्थमा पनि उपयुक्त नभएको बताए ।

प्रकाशित: २४ फाल्गुन २०८१ १७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App