३१ चैत्र २०८१ आइतबार
image/svg+xml ५:३९ पूर्वाह्न
शिक्षा

जाडो बढेपछि पथरी शनिश्चरेका विद्यालयमा विदा

केहि दिन यता बढेको अत्याधिक जाडोका कारण मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रका विद्यालयमा विदा दिएको छ ।  

जाडोका कारण शुक्रबार एक दिन नगर क्षेत्रका सबै विद्यालय विदा गरिएको पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्बाफोले जानकारी दिए । 

जाडोको अवस्था हेरेर विदा थप गर्ने नगर्नेबारे आइतबार निर्णय गरिने तुम्बाफोले बताए । 

केहि दिन यता शितलहर चलेका कारण मोरङका अधिकाँश पालिकाको जनजीवन प्रभावित भएको छ । 

प्रकाशित: १० माघ २०८१ १८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App