२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

सानोठिमीका कार्यालयमा शिक्षामन्त्रीको ‘आकस्मिक निरीक्षण’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले सानोठिमीमा रहेका शिक्षा सम्बद्ध विभिन्न निकायको आकस्मिक निरीक्षण गरेकी छन् । बिहीबार विशेष शिक्षा परिषद्को बैठकका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुगेका मौकामा सानोठिमीमै रहेका अन्य कार्यालयमा आकस्मिक निरीक्षण गरेको शिक्षामन्त्री भट्टराईको सचिवालयले जनाएको छ । 

परिषद्को बैठकपछि मन्त्री भट्टराईले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गरेकी थिइन् । त्यहाँ उनले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्य योजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाव दिइन् ।

त्यस लगत्तै मन्त्री भट्टराई त्यहाँबाट निस्किएर चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बन्धनमा सञ्चालित विद्यालय सम्बद्ध  काम गर्ने शाखाको निरीक्षण गर्न पुगिन् । ती कार्यालयबाट कार्य प्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिएको उनको सचिवालयले जनाएको छ । 

प्रकाशित: २९ कार्तिक २०८१ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App