शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छिन् ।
शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन । उनले पुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बिचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताइन ।
उनले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताइन । उनले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानुन र केही व्यवहारिक कुराहरू गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताइन । उनले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताए । उनले इ। लाइबेरीको विकास गर्नुपर्नेमा जोड दिइन।
मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताइन ।
प्रकाशित: १५ भाद्र २०८१ १०:३६ शनिबार