३ आश्विन २०८१ बिहीबार
image/svg+xml
शिक्षा

सरकारले साहित्यिक पत्रिकाहरुका लागि आवश्यक आर्थिक सहयोगको व्यवस्था गर्नुपर्छः सांसद पन्त

सत्तारुढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले साहित्यिक पत्रिकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन। सांसद पन्तले हाम्रो भाषा, संस्कृति र साहित्यका जोगाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकाले ती पत्रिकाहरुलाई सरकारले आर्थिक सहयोग र विज्ञापनको पनि आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्रकाशक र सम्पादकले आफ्नो लगानी गरेर ती पत्रिकाहरु जोगाउन सकिने अवस्था नरहेकाले पनि सरकारले त्यसका लागि आर्थिक सहायता उपलब्ध गराउनुपर्ने तर्क गरे।

उनले भने, ‘हाम्रो संस्कृति र साहित्यलाई जोगाउनका लागि साहित्यिक प्रत्रिकाहरुको महत्वपूर्ण योगदान छ । त्यसैगरी बच्चाहरुलाई सानैदेखि आफ्नो भाषा र संस्कृति बुझाउन पनि बाल साहित्यिक पत्रिकाहरुको महत्वपूर्ण योगदान छ । तर अहिले कस्तो स्थिति छ भन्दाखेरी सम्पादक÷प्रकाशकले आफ्नो खर्चले निकाल्नुपर्ने, सरकारको कुनै उत्तरदायित्व नहुने एउटा परिस्थिति उत्पन्न भएको छ । म नेपाल सरकार खास गरेर सञ्चार मन्त्रालय र संस्कृति मन्त्रालयको चाँही यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु । र ती पत्रिकाहरुलाई जोगाउनका लागि आर्थिक सरसहयोग र विज्ञापनको व्यवस्था गर्ने कुरामा सरकारको र सम्बन्धित मन्त्रालयहरुको ध्यान जाओस् ।’सांसद पन्तले सरकारले साहित्य र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने पनि बताए । 

प्रकाशित: १५ श्रावण २०८१ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App