२३ भाद्र २०८१ आइतबार
image/svg+xml
शिक्षा

रामपुर नगरपालिकामा एक सय ३२ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

पाल्पा  जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ। चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ।

नगरपालिकाले ल्याएको ‘मेयर छात्रवृत्ति’कार्यक्रमबाट यस वर्ष एक सय ३२ विद्यार्थी लाभान्वित भएका छन् । विपन्न, गरिब, असहाय बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आइरहेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए।

उनका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका २१ सामुदायिक विद्यालय र एउटा क्याम्पसका साधारण र उच्च प्राविधिक तथा विज्ञानतर्फ अध्ययनरत एक सय ३२ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो ।

नगरपालिकाले  चार लाख ६६ हजार छ सय छात्रवृत्तिस्वरुप वितरण गरेको जनाउँदै नगरप्रमुख थापाले छात्रवृत्ति पाउनेमा साधारतर्फ एक सय २४ र उच्च प्राविधिक तथा विज्ञानतर्फ आठजना विद्यार्थी रहेका बताए।

साधारणतर्फ बालहित, वीरेन्द्र, कालिका, अकला, मदरसा नुरुलहोदा अहले सुन्नत, विपी आदर्श र शारदाशरण प्राविका दुईरदुईजना विद्यार्थी छनोट रिएको थियो । रामपुर आधारभूत विद्यालयमा चार, दरैठाँटी माविमा १०, रामतुलसी नमूना माविमा १४ जना विद्यार्थी छनोट भएका नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिए। उनका अनुसार गङ्गा, सीता, सरस्वती, कृष्णादेवी, आधारभूत, जनविकास, नवदुर्गा, कालिका र सीताराम माविबाट छरछ जनाले  १५ हजारका दरले छात्रवृत्ति पाएका छन्।

उच्च प्राविधिक तथा विज्ञानतर्फ दरैठाँटी माविमा दुईजनालाई रु आठ हजार, आधारभूत मावि र रामतुलसी नमूना माविमा तीनरतीनजनालाई छात्रवृत्तिस्वरुप रु १२र१२ हजार रकम वितरण गरिएको छ । साथै शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीलाई भर्ना शुल्कबापत रु दुई लाख १६ हजार छ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत काफ्लेले जानकारी दिए। उनका अनुसार नगरले विद्यार्थीको अवस्था र सङ्ख्याको अनुपातका आधारमा छात्रवृत्ति दिँदै आएको छ।

यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको हो । ‘मेयर छात्रवृत्तिकोष’ अन्तर्गत सञ्चालित कार्यक्रमका लागि पहिलो वर्ष पाँच लाख बजेट विनियोजन गरिएकामा  दुई लाख २४ हजार एक सय ८० रकम बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

गत आवमा गङ्गा माविका र रामपुर आधारभूत विद्यालयका चाररचार, आधारभूत मावि र दरैठाँटी माविका समान पाँच, रामतुलसी नमूना माविका छ, नवदुर्गा माविका १०, शहीद बहुमुखी क्याम्पसका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो।

नगरप्रमुख थापाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमको प्रभावकारिता नगरमा बढ्दै गएको बताए । आर्थिक समस्याका कारण पठनपाठन बीचमा छोड्न बाध्य भएका गरिब, विपन्न, असहाय बालबालिकालाई उक्त कार्यक्रमले सहयोग गरिरहेको उनको भनाइ छ।

‘छात्रवृत्ति रकम वितरणले विद्यार्थीमा उत्साह बढेको छ, शैक्षिक क्षेत्रमा नगरले प्राथमिकता दिएर काम गरिरहेको छ, आर्थिक अभावमा कोही पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनदिने छैनौँ’, नगर प्रमुख थापाले भने । बालबालिका भविष्यको आधार हुन्, पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको उनले बताए।

असहाय बालबालिकाको संरक्षणका लागि नगरको तर्फबाट र अन्य सङ्घसंस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आइएको नगरप्रमुख थापाले जानकारी दिए । यहाँ विसं २०७४ पछि जन्मिएका बालबालिकालाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने नीति नगरपालिकाले लिएको उनको भनाइ छ। उनका अनुसार नगरले तीनजना बेसहारा बालबालिकालाई बालउद्धार कोषमार्फत २० हजार सहयोग गरिरहेको छ ।

प्रकाशित: ३१ असार २०८१ १६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App