१२ श्रावण २०८१ शनिबार
image/svg+xml
शिक्षा

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि

नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।

मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी सो संगठनले महँगीलाई समेत सम्बोधन हुने गरी सरकारले आफूहरूको तलवभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

 सरकारले बजेट ल्याउँदा शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको सो संगठनका महासचिव हंसबहादुर शाहीले बताए। उनले विद्यार्थीको अनुपातलाई हेरेर शिक्षकहरूको दरबन्दीको व्यवस्था गर्ने कार्यक्रम समेत बजेटले नल्याएकोमा आपत्ति जनाए ।

सो संगठनले शिक्षामा कम्तीमा २० प्रतिशत बजेट व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो । तर आगामी आर्थिक वर्षको विनियोजित बजेटमा १० दशमलव ९४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टाइएकोमा आफूहरूको आपत्ति रहेको संगठनका महासचिव शाहीले बताए । 

प्रकाशित: २९ जेष्ठ २०८१ १६:०७ मंगलबार

#Nepal National Teachers Organization