२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

जिनियस स्कुलद्वारा २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

क्याप्शन

ललितपुरमा रहेको जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका २८ जना विद्यार्थीलाई माध्यमिक तहसम्मको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । 

महालक्ष्मी नगरपालिकाको वडा नम्बर ८ मा रहेका यो स्कुलले नगर क्षेत्रभित्रका १४ वटा सामुदायिक विद्यालयका २८ जनालाई शैक्षिक सामग्रीसहित छात्रवृत्ति प्रदान गरेको हो । 

आफ्नो स्थापनाको दश वर्ष पुगेको उपलक्षमा जिनियस स्कुलले गरीब तथा जेहेन्दार विद्यार्थीलाई माध्यमिक तहसम्मको अध्ययनका लागि सहज वातावरण बनाइदिएको बताएको छ । 

कोही विद्यार्थी रकम अभावमा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले यो छात्रवृत्ति प्रदान गरेको स्कुलको भनाइ छ ।  

प्रकाशित: ७ जेष्ठ २०८१ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App