१२ श्रावण २०८१ शनिबार
image/svg+xml
शिक्षा

एम्बिसन गुरुले ल्यायो मोबाइल स्क्यानबाटै ओएमआर सिटमा परीक्षा दिने सुविधा

खर्चिलो परीक्षा प्रणालीलाई छिटो छरितो माध्यमबाट सम्पन्न गर्ने उद्देश्यसहित ई-लर्निङ प्लेटफर्म एम्बिसन गुरु नेपाल प्रालिले ओएमआर सिटमा परीक्षा दिने सुविधा ल्याएको छ ।  

नेपालमा पहिलो पटक मोबाइल स्क्यान गरी ओएमआर सिटबाट घरमै बसेर परीक्षा दिन सकिने फिचर एम्बिसन गुरुले आफ्नो एपमा उपलब्ध गराएको हो । अहिले स्वास्थ्य क्षेत्रमा अध्ययन गर्न चाहनेहरुका लागि लिइने सीईई इन्ट्रान्सको तयारी गरिरहेकाहरुलाई लक्षित गरि एम्बिसन गुरुले एपमै ओएमआर सिट उपलब्ध गराएको हो । 

यसका साथै लोक सेवा आयोग, शिक्षक सेवा आयोग, सुरक्षा निकाय, बैङ्क तथा संस्थान, सबै विषयका इन्ट्रान्स र लाइसेन्सको तयारीका कोर्षहरुको नमुना परीक्षा ओएमआर सिटबाटै दिन मिल्ने एम्बिसन गुरुकी सूचना अधिकारी साजना तामाङले जानकारी दिइन्। शैक्षिक क्षेत्रमा यस खालको प्रविधिको प्रयोग नेपालमै पहिलो भएको उनको दाबी छ ।  

विद्यार्थीले एम्बिसन गुरु एपबाट सिट डाउनलोड गरि आफूलाई आवश्यक जति पनि प्रिन्ट गर्न सक्ने र एपमार्फत् नमुना परीक्षामा सहभागी हुन सक्नेछन्। ओएमआर सिटमा उत्तरहरु चिह्न लागाइसकेपछि मोबाइलबाटै त्यसको फोटो खिचेर अपलोड गरेपछि विद्यार्थीले रिजल्ट पनि तुरुन्त मोबाइलबाटै थाहा पाउन सक्छन्।  

नेपालमा मेडिकल इन्ट्रान्स, सरकारी सेवाहरुमा पदपुर्तीका लागि लोकसेवाले लिने परीक्षाको प्रथम पत्र, शिक्षकसेवा आयोगको तथा लाइसेन्स परीक्षाको प्रथम पत्र र विभिन्न विश्वविद्यालयले लिने प्रवेश परीक्षामा ओएमआर सिटको प्रयोग भइरहेका छन् । तर हालसम्म यसका लागि छुट्टै खालको स्क्यान मसिनको आवश्यकता पर्दै आएको थियो । 

विश्वभर सर्वेक्षणका साथै धेरै उत्तरपुस्तिका एकैसाथ जाँच गर्न यसको प्रयोग प्रभावकारी हुँदै आएको छ ।

प्रकाशित: १ जेष्ठ २०८१ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App