१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

एसइई परीक्षा: सर्लाहीबाट १० निरीक्षक निष्कासित

फाइल तस्बिर।

सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन्।

परीक्षाको अनुगमनमा रहेका टोलीले जिल्लाको विभिन्न केन्द्रबाट अमर्यादित कार्य गराइरहेका निरीक्षकहरूलाई निष्कासन गरेको हो। योसँगै उनीहरु जारी एसइईमा निरीक्षकका रूपमा बस्न पाउने छैनन्।

बेणीभोला नमुना मावि गोडैता नगरपालिका-८ केन्द्रबाटबाट अरविन्द भण्डारी, जनता नमुना मावि गोडैता-३ सिमराभगवतीपुरबाट रामभरोस साह, रामसखी मोहितसिंह मावि बलरा-४ बाट राजकुमार यादव र शिवचन्द्र राय, जनता मावि गोडैता-५ रामवनबाट रामवचन राम र रंजित मण्डल, जनता मावि बलरा-८ गडहिया डुमरियाबाट मुकेश यादव, सुजितकुमार यादव र चन्द्रमोहन हजारी तथा नेपाल राष्ट्रिय रामचन्द्र शिवचन्द्र मावि बलरा-७ डुमरियाबाट किशोर गुप्तालाई एसइई परीक्षाको पहिलो दिन नै परीक्षा केन्द्रबाट निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले जनाएको छ।

सर्लाहीमा ३८ परीक्षा केन्द्रबाट परीक्षा दिन ६,७८३ छात्रा र ४,११३ छात्र गरेर १०,८९६ ले परीक्षा फारम भरेकामा केही विद्यार्थी अनुपस्थित थिए। १०१ छात्रा ७३ छात्र गरेर १७४ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सर्लाही मलंगवाले जनाएको छ।

सर्लाहीमा पहिलो दिन अङ्ग्रेजी विषयमा ५,४४३ छात्रा ५,२७९ छात्र गरी १०,७२२ जना परीक्षार्थी परीक्षामा सहभागी थिए।

प्रकाशित: १५ चैत्र २०८० १९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App