१० असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

प्रधानमन्त्रीको उपकुलपति मोहः कम अङ्क प्रात गरेका बराललाई नियुक्त गर्न दौडधूप

त्रिभुवन विश्वविद्यायको उपकुलपतिको लागि आइतवार उपकुलपति छनौट तथा सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेसँगै कुलपतिलाई दल निकट प्राध्यापकहरूले न्यून अङ्क प्राप्त गरेको दल निकट ब्यक्तिलाई उपकुलपति बनाउन दबाब दिएका छन्।

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडदुप गरिरहेको रहस्य खुलेको छ।

समितिले अन्तर्वार्तामा छनौट भएका चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम आइतवार त्रिविका उपकुलपतिको लागि सिफारिस गरेको थियो।

यसै सन्दर्भमा सोमवार त्रिविकै माओवादी निकट प्राध्यापकहरूको टोलीले प्रधानमन्त्री एवं कुलपतिलाई भेटेर माओवादी निकट मानिएका केशरजंग बराललाई उपकुलपति बनाउन दबाब दिएका छन्।

प्रधानमन्त्रीलाई भेट्न त्रिविका प्राध्यापक एवं अनुगमन माहाशाखाका निर्देशक विष्णु खनाल, प्राध्याकप वैकुण्ठ अर्याललगायतका टोलीले प्रधानमन्त्रीलाई भेटेर दुई नम्बरमा नाम सिफारिस भएका केशरजंग बराललाई उपकुलपति बनाउन दबाब दिएको त्रिविका प्राध्यापकहरूले बताएका छन्। विष्णु खनाल, वैकुण्ठ खनाल माओवादी निकट राष्ट्रिय प्राध्यापक सङ्गठनका हुन्। तर, माओवादीकै नेता देवेन्द्र पौडेल निकटले भने एक नम्बरमा मेरिटमा परेका चित्रबहादुर बुढाथोकीलाई नै बनाउन अडान लिएपछि माओवादी भित्र उपकुलपति नियुक्ति विषय विवादित बनेको छ।

छनौट समितिले सिफारिस गरेको आधारमा कार्यविधिले तय गरेको सय नम्मबरमध्ये चित्रबहादुर बुढाथोकीले ७८ नम्बर, केशरजंग बराल ७६ नम्बर र टंकनाथ धमलाले ७५ अंक प्राप्त गरेका छन्।

छनौटमा एक नम्बरमा परेका चित्रबहादुर बुढाथोकी पनि कुलपतिले त्रिविबाट राजनीति मुक्त गर्न खुला प्रतिस्पर्धाबाटै उपकुलपति नियुक्ति गर्न सबै प्रक्रिया पूरा गरेपनि अन्तिममा भागबन्डामै राजनीतिक नियुक्ति गर्ने दाउपेच भइरहेकोमा चिन्ता व्यक्त गरे। उनले खुला प्रतिस्पर्धाका सबै प्रक्रिया पूरा गरी आफूले ७८ अङ्क प्राप्त गरेर मेरिट लिस्टमा  एक नम्बरमा छनौट र सिफारिस भएको भए पनि उपकुलपति भैहाल्नेमा विश्वस्त नरहेको स्पष्ट पारे। उनले उपकुलपति नियुक्तिको लागि भइरहेको राजनीतिक दाउपेंच निकै जटिल बन्दै गएको समेत जिकिर गरे।

‘खासमा सरकारमा रहेको दलले भागबन्डामै पहिले शिव भूषाललाईनै उपकुलपति बनाउन खोजेका थिए। तर, उनी प्रतिस्पर्धामा असफल भएपछि अब केशरजंगलाई त्रिविको उपकुलपति बनाइदिन कुलपतिलाई निरन्तर दबाब दिइएको जानकारी मैले पाएको छु,’ उत्कृष्ट अङ्क प्राप्त गरेका बुढाथोकीले नागरिकसँग भने, ‘माओवादि निकट केहि त्रिविका प्राध्यापकहरुले भेटेरै मलाई भन्दा दोस्रो नम्बरलाई उपुकलपति बनाउन दबाब दिइरहेका रहेछन्।’ उनले थपे, ‘म सबै तरिकाले सक्षम र योग्य भएकै कारण एक नम्बरमा सिफारिस भएको हुँ। तर दुःखको कुरा कमजोर अंकलाई उपकुलपति बनाउन कुलपति कहाँ दबाब गइरहेको छ। खै के हुन्छ थाह छैन।’

मेरिट लिस्टमा परी उपकुलपतिमा नाम सिफारिस भएका अर्का उम्मेदवार टंकनाथ धमलाले समितिले छनौट गरि नाम सिफारिस गरेका तिनै जना उम्मेदावर त्रिविको उपकुलपति बन्न योग्य रहेको र अब बल प्रधानमन्त्रीको हातमा रहेको प्रतिक्रिया दिए। ‘अब बल प्रधानमन्त्री ज्यूको कोडमा छ। उहाँले तीन मध्ये उपयुक्त लागेकोलाई उमपुलपति नियुक्ति गर्न सक्ने अधिवकार हुन्छ,’ धमलाले नागरिकसँग भने ‘तर मुख्य कुरा उपकुलपति छना्रटको कार्यविधिनै प्रयाप्त थिएन। किन भने यो कार्यविधिले सबै पक्षलाई समेट्नै सकेको छैन। यस्तो अवस्थामा के भन्ने?’ उनले थपे‘म उपकुलपति बन्ने योग्य र सक्षम उम्मेदवार हुँ। म त्रिविको उपकुलपति भए त्रिवि जोगाउन स्वतन्त्र र योग्यताको आधारमा अन्य पदाधिकारी नियुक्ति गरि विश्वविद्यालयबाट राजनिति हटाइ छाड्ने छु।’

शिक्षा मन्त्री एवं सहकुलपति तथा उपकुलपति समिति संयोजक अशोक राईका निजी सहायक प्रकाश सापकोटाले समितिले आइतबारै मेरिट लिस्टका तीन उम्मेदवारको नाम त्रिविको उपकुलपतिकोलागि प्रधानमन्त्री समक्ष बुझाइ सकेको जनाए। ‘सोमवार प्रजातन्त्र दिवशमा सार्वजनिक विदा भएकोले उपकुलपति नियुक्ति भएन,’ उनले भने ‘मङ्गलवार त्रिविले उपकुलपति पाउने तयारी छ।’

प्रकाशित: ८ फाल्गुन २०८० ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App