१३ असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

एनप्याव्सनले ‘बाल प्रतिभा महोत्सव’ आयोजना गर्ने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन. प्याव्सन) कास्कीले बृहत बाल प्रतिभा महोत्सव आयोजना गर्ने भएको छ। एनप्याव्सन कास्कीले सोमबार पोखरामा पत्रकार भेटघाट गरेर बालबालिकाको प्रतिभा पहिचान गर्ने उद्देश्यले पुस ६ देखि ८ गतेसम्म पोखरामा प्रथम बाल प्रतिभा महोत्सव आयोजना गर्न लागेको जनाएको हो। 

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने महोत्सवमा लोकनृत्य, एकल गायन्, चित्रकला, अभिनय र कविता वाचन प्रतियोगिता आयोजना गर्ने आयोजकले बताएको छ। लोक संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई लोक संस्कृतिप्रति आकर्षित गर्नका लागि यी प्रतियोगिता राखिएको एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए। 

महोत्सवमा आविस्कार तथा अपसाईक्लिङ–रिसाईक्लिङ प्रतियोगिता पनि आयोजना गर्ने उनले बताए। विज्ञान तथा प्रविधिको आवश्यकता र महत्वलाई आत्मसाथ गर्दै आविस्कार तथा अपसाईक्लिङ–रिसाईक्लिङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए। त्यस्तै, मौलिक परम्परागत हस्तकलाबाट निर्मित वस्तुहरुको प्रतियोगितात्मक प्रदर्शनी पनि महोत्सवमा गरिने उनले जानकारी दिए।

‘मौलिक परम्परागत हस्तकलाका सामानहरुको संरक्षण र सम्वद्र्धन गर्न विद्यार्थीहरुले नै बनाएका वस्तुहरुको प्रदर्शनी प्रतियोगितात्मक रुपमा गर्छौं,’ उनले भने। उनका अनुसार महोत्सवमा नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेका पारम्परिक वस्तुहरु पराल, छ्वाली, चोया र पातबाट बनेका सामग्रीको छुट्टाछुट्टै प्रतियोगितात्मक प्रदर्शनी हुनेछन्। प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिने उनले बताए।

 तीनदिनसम्म महोत्वसमा एनप्याव्सन कास्कीमा आबद्ध ४७ वटै विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको एकलाख भन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

प्रकाशित: २ पुस २०८० १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App