८ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

दुई दिने क्षुद्रग्रह खोज तालिम सम्पन्न

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा “क्षुद्रग्रह खोज तालिम” हालै सम्पन्न भएको छ। तालिम मंसीर २१ र २२ गते भएको हो।

उक्त तालिममा विराटनगर महानगरपालिकाका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट मेरिज माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कुल, सत्यनारायण माध्यमिक विद्यालय लगायतका जम्मा १७ विद्यालयका ३७ छात्रा र ४३ छात्र गरी जम्मा ८० विद्यार्थीहरुको सक्रिय सहभागितामा रहेको थियो। यस दुई दिने तालिममा विद्यार्थीहरुले कम्प्युटरको प्रयोग गरी अमेरिकाको हवाईस्थित प्यानस्टार टेलिस्कोपले खिचेको तस्विरको विश्लेषण गर्दै क्षुद्रग्रह खोज्ने सीप सिकेका थिए। त्यस्तै खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी विद्यालय तहका विभिन्न कार्यक्रमहरूको बारे जानकारी लिए। तालिममा सहभागी केही विद्यालयका शिक्षकहरूको पनि उपस्थिति रहेको थियो।

तालिममा नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, ओशन शर्मा कट्टेल, उदिप पोखरेल, सुवर्ण प्याकुरेल, सृजन प्रसाद रौनियार, आर्य रिजाल, आदित्य झाले सहजीकरण गरेका थिए। साथै विराट बहिरा माध्यमिक विद्यालयकी शिक्षिका शोभा प्याकुरेलले दोभाषेको भूमिका निर्वाह गरेकी थिइन।

तालिममा सहभागी विद्यार्थीहरुले सन् २०२४ को जनवरी ५ देखि ३० सम्म संचालन गरिने राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमा नासोको सिफारिसमा सहभागी भइ यस तालिममा सिकेको सीप परिक्षण गर्नेछन्।

कार्यक्रमको  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो। उनले तालिममा सहभागी विद्यार्थीहरुलाई बधाई दिदै युवाहरूलाई यस क्षेत्रतर्फ लाग्न प्रोत्साहन गर्न महानगरमा खगोल तथा अन्तरिक्ष विज्ञानको विकासको लागि विराटनगर महानगरपालिकाले तारामणडल (प्लानेटोरियम) निर्माण र खगोल विज्ञानको क्षेत्रमा रूचि राख्ने विद्यार्थीहरूका लागी सहयोग गर्न तत्पर रहेको बताए।

विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिका अध्यक्ष प्रविण कुमार विश्वासको अध्यक्षता  भएको कार्यक्रममा नगर शिक्षा अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख कृष्ण भट्टराई, सामाजिक विकास समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष काजी बहादुर बस्नेत, दिल्ली पब्लिक स्कुलका प्रधानाध्यापक भीमबहादुर लिम्बुको आतिथ्यतामा रहेको थियो।

नेपालमै पहिलोपटक स्थानीय तहमा खगोल एवं अन्तरिक्ष विज्ञान प्रबर्धनका निम्ति विराटनगर महानगरपालिकाले खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समिति गठन गरेको छ।यस खालको समिति बनाई काम गर्ने नमुना अभ्यास नेपालका अरू पालिकाहरूले आत्मसात गरे नेपालले खगोल तथा अन्तरिक्ष विज्ञानको प्रचार प्रसार, विकास तथा प्रवर्द्धनमा विश्वस्तरमा आफ्नो पहिचान बनाउन मद्धत पुग्ने कुरा सहभागीले राखेका थिए।  

प्रकाशित: २४ मंसिर २०८० १३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App