१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

विभिन्न बहानामा शुल्क असुल्दै निजी विद्यालय

काठमाडौं महानगरपालिकाले यस पटक कक्षा ११ मा उपलब्ध गराएको पूर्ण छात्रवृत्तिमा समेत निजी विद्यालयले विभिन्न शीर्षकमा बलजफ्ती शुल्क उठाउँदै आएको खुलेको छ।

 महानगरको शिक्षा विभागमा विद्यार्थीसँग पनि मनोमानी ढंगबाट शुल्क असुली गरेको उजुरी परेपछि विभागले अनुगमन टोली नै गठन गरी अनुगमन गरेको विभागका निजी अधिकृत मोति भट्टराईले बताए।

अनुगमनका क्रममा निजी विद्यालयले छात्रवृत्तिका विद्यार्थीसँग विभिन्न शीर्षकमा मासिक १० हजार रुपैयाँसम्म शुल्क असुलि गरेको पाइएको उनले जनाए।

टोलीले तीन दिनसम्म काठमाडौंको गोल्डेनगेट, ग्लोबल, सिफल सेकेण्डरी स्कुल, काठमाडौं मोडेल कलेज, एभरेस्ट फ्लोरिडा, सिसिआरसी लगायत स्कुलमा शुल्क अनुगमन गरेको र  यी स्कुलमै उजुरी पनि परेको उनले जनाए।

‘विभागले छात्रवृत्तिका विद्यार्थीसँग परीक्षा शुल्क, अतिरिक्त क्रियाकलाप, यातायात र शैक्षिक भ्रमणको शीर्षकबाहेक कुनै पनि शुल्क लिन नहुने व्यवस्था गरेको छ,’ अधिकृत भट्टराईले भने, ‘तर विद्यालयले विभिन्न शीर्षक राखी वा बहाना बनाई शुल्क लिएको पाइयो।’

उनका अनुसार विभागले कारबाहीस्वरुप  स्कुलहरुलाई स्पष्टीकरण सोधेको छ। विद्यालयले असुलेको शुल्क फिर्ता गराउने काम पनि भएको उनले बताए।

प्रकाशित: २७ आश्विन २०८० ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App