२३ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

क्यालेन्डर कार्यान्वयनमा गृह र शिक्षा मन्त्रीको जोड

विश्वविद्यालयहरूमा देखिएको बेथिति दूर गर्न विश्वविद्यालय अनुदान आयोगले तयार पारेको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यन्वयन गर्न गृह तथा उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आग्रह गरेका छन्।

केहि सातादेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिङ अध्ययन संस्थानमा चर्किदै गएको शुल्क विवादका कारण आइतवारदेखि सञ्चालन हुने तय गरिएको वार्षिक परिक्षा संस्थानले सारेको छ। यसले विश्वविद्यायको शैक्षिक क्यालेन्डर कार्यन्वयनमा चुनौती थपिएको भन्दै दुबै मन्त्रीहरूले परिस्थितीको समाना गर्दै क्यालेन्डर कार्यन्वयन गर्नु पर्ने आग्रह गरेका हुन्।

अनुदान आयोगमा दुबै मन्त्रीहरूको विशेष उपस्थितीमा बसेको विश्वविद्यालय समन्वय समितिको बैठक बसेको थियो। आयोगका अध्यक्ष प्राडा देबराज अधिकारी र ११ वटै विश्वविद्यालयका उपकुलपति सदस्य रहेको उक्त बैठकमा आयोगले तयार पारेको शैक्षिक क्यालेन्डर र क्यालेन्डर कार्यन्वयनमा प्रभावकारी आवश्यक पर्ने विभिन्न पक्षका सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ।

गृहमन्त्री श्रेष्ठले विश्वविद्यालयहरूलाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्नु पर्ने र विश्वविद्यायहरुमा भइरहेका गैर प्राज्ञिक गतिविधिहरूलाई अन्त्य गर्ने समय आइसकेको जिकिर गरे। ‘विश्वविद्यालयहरूमा हुने बन्द हड्ताल र तालाबन्दीको अन्त्यकालागि राजनैतिक सहमति बनाउनु पर्छ,’ गृह मन्त्री श्रेष्ठले भने ‘यस्ता कार्यमा संलग्न सबै पक्षहरूलाई अपिल गर्नु पर्ने र त्यसो हुन सकेको खण्डमा हस्तक्षेप समेत गर्नु पर्ने अवस्था सृजना भएको छ।’उनले थपे ‘विश्वविद्यायको समस्या पदाधिकारीहरूले समाधान गर्नु पर्छ र क्यालेन्डर कार्यन्वयनमा जोड दिनु नै पर्छ ।’

शिक्षा मन्त्री अशोक कुमार राईले विश्वविद्यालयमा बढ्दै गएको तालबन्दी र गैरराजनितिक गतिविधिका कारण विश्वविद्यालयहरूमा मौलाउँदै गएको अवगत गरए। ‘विश्वविद्यालयमा देखिएका अराजकता अन्त्य गर्न प्रमुख दलहरूले सहमति खोज्नु पर्छ,’ शिक्षा मन्त्री राईले भने ‘दलका भातृ संगठनलाई दलहरूले रचनात्मक कार्य गर्न निर्देशन दिनु पर्छ।’ उनले थपे ‘यसका लागि विद्यार्थी, प्राध्यापक र कर्मचारी संगठनहरूबीच यस विषयमा छलफल गर्नु पर्छ। विश्वविद्यालयका पदाधिकारीले सङ्गठनहरूलाई कन्भिन्स गर्नु पर्छ। आवश्यक परे कानुनको सहयोग लिएर कठोर कदम चालेर भए पनि विश्वविद्यालय जोगाउनु पक्षमा लाग्नु पर्छ।’

आयोगमा अध्यक्ष प्राडा देवराज अधिकारीले विश्वविद्यालयलाई समय अनुसार हिड्न शैक्षिक क्यालेन्डरको विकल्प केहि नभएको बताउँदै उनले उपकुलपतिहरुलाई क्यलेन्डर कार्यन्वयन तर्फ लाग्नु पर्ने आग्रह गरे।  

बैठकमा उपस्थित ११ वटै उपकुलपतिहरुले विश्वविद्यालयमा हुने तालाबन्दी र अराजक गतिविधिहरूको अन्त्य गर्न सरकारले पहल गर्नु पर्ने, विश्वविद्यालयमा शान्ति सुरक्षा कायम हुनु पर्ने र क्यालेन्डर कार्यन्वयनकालागि उचित वातावराण् तयार गर्न सरकारले सहजीकरण भूर्मिका निर्वाह गर्नु पर्ने अनुरोध गरेका थिए। त्रिविका उपकुलपति प्राडा धर्मकान्त बासकाोटाले इन्जिनियरिङ्ग कलेजको समस्याबारे अवगत गराएका थिए।

प्रकाशित: १८ भाद्र २०८० १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App