२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

इन्जिनियरिङ कलेज ९ करोड ऋणमा

खर्च धान्न नसकेपछि १७६.७८ प्रतिशतले शुल्क वृद्धि

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थान टाँट पल्टिने अवस्थामा पुगेको छ।

संस्थान संचालनकालागि आर्थिक वर्ष ०७९/०८० मा मात्र संस्थानले ९ करोडको ऋण बोक्नु परेको छ।

यही ऋणबाट उक्सन संस्थानले पछिलो समय इन्जिनियरिङ्ग विषय अध्यनअध्यापनको शुल्क १७६.७८ प्रतिशतले बृद्धि गर्नु परेको सहायक डिन सुरज लामिछानेले बताए। एक्कासी २७ वर्षपछि शुल्क बृद्धि गरेपछि विद्यार्थीहरु भने आन्दोलनमा उत्रेका छन्। 

त्रिभुवन विश्वविद्यालयमा समस्याको चाङ थपिन्दै गएको छ तर विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दहाल भने कुहिरोमा छन्। उनी कुलपतिको हैसियतले विश्वविद्यालय सभामा वर्षको दुई पटक उपस्थित भएर अध्यक्षता ग्रहण गर्छन्। भाषण पनि गर्छन् तर विश्वविद्यालयको समस्यासँग कुनै सरोकारनै नराख्ने गरेकोलेनै आज त्रिवि समस्याको भुमरिमा फस्दै गएको छ।

वार्ता समीति संयोजक एवं सहायक डिन लामिछानेका अनुसार संस्थानको पाँच आँगिक कलेज, एक डिन कार्यालय र एक परीक्षा नियन्त्रण कार्यालय गरि सात कार्यालय संचालनमा छन्। भने सात निकाय संचालनकोलागि हालसम्म सरकारले २७ वर्ष पुरानै शिक्षक कर्मचारीको दरबन्दी र पुर्वाधारले धानीरहेको छ। जबकी यो अबको प्रतिस्पर्धी युगमा सहज नभएको सहायक डिन लामिछानेले जनाए।

पछिलो समय विश्वविद्यालयभित्र समस्याको चाङ थपिन्दै गएको छ। अध्ययन संस्थानमा पनि समस्याको चाङ थपिन्दै गएपछि संस्थानका शिक्षक र विद्यार्थीले बुधबार कुलपति एवं प्रधान्त्रीलाई भेटेर मस्या बताएका छन्। तर कुलपतिलाई सबै जानरकारी रहे पनि मौन बसेको बुझिाएको शिक्षक र विद्यार्थीले भेटेपछि महसुस गरेका छन्।

प्रकाशित: १३ भाद्र २०८० १७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App